राष्ट्रपति भण्डारीले आज उपत्यकाको शक्तिपीठहरूको दर्शन गर्ने

Posted on: 13 Oct, 2021

असोज २७, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार काठमाडौँ उपत्यकाका शक्तिपीठहरूको दर्शन गर्ने भएकी छन् । 

बडादसैँका महाअष्टमीको दिन पारेर बुधबार राष्ट्रपति भण्डारीले शक्तिपीठहरूको दर्शन गर्न लागेकी हुन् । उनले बुधबार अपरान्ह ४ बजेबाट शक्तिपीठहरूको दर्शन गर्ने समय तालिका रहेको छ । 

राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महांकाल, संकटा, नरदेवी इन्द्रायणी र शोभा भगवतीको दर्शन गर्न लागेकी हुन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!