बाजुरामा जिप दुर्घटना, एकको अवस्था गम्भीर

Posted on: 28 Nov, 2021

 मंसिर १२, बाजुरा | बाजुराको सदरमुकाम मार्तडीमा जिप दुर्घटना भएको छ। जिल्ला कारागार नजिकै आइतबार बिहानै जिप दुर्घटना भएको हो।

सदरमुकाम मार्तडीबाट बडिमालिका नगरपालिका वडा नम्बर ६ जडांगातर्फ जाँदै गरेको से १ ज ९६० नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार जिप दुर्घटनामा परि बडिमालिका नगरपालिका वडा नं १ का २४ वर्षीय भीम बहादुर दानी गम्भीर घाइते भएका छन्।

घाइतेको ढाड र टाउकोमा गम्भीर चोट लागेपछि अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले बताउनु भएको छ। जिप सडकदेखि करिब १ सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ। जिप चालक त्रिवेणी नगरपालिका ७ कालापानीका वसन्त नाथ रहेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!