माओवादी केन्द्रले बोलायो स्थायी समितिको बैठक

Posted on: 02 Dec, 2021

मंसिर १६, काठमाडौं | नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो। बैठकमा पार्टीको आसन्न महाधिवेशनको विषयमा छलफल हुने जनाइएको छ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोख्रेलले बैठकमा पार्टीको आसन्न राष्ट्रिय सम्मेलनका विषयमा छलफल हुने जानकारी दिए। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।

सम्मेलनको तयारीस्वरुप यतिबेला माओवादी केन्द्र वडादेखि प्रदेशसम्म नयाँ नेतृत्व चयन गरिरहेको छ। ‘आजको बैठकमा पार्टीको सम्मेलन प्रस्तुत गरिने पार्टीका विधान, प्रतिवेदन, सम्मेलनको व्यवस्थापन, प्रतिनिधि छनोटको मापदण्ड लगायतका विषयमा छलफल हुनेछ,’ उनले भने।

यस बिषयमा तपाइको प्रतिक्रिया...!