कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित

Posted on: 02 Dec, 2021

मंसिर १६, काठमाडौं | नेपाली कांग्रेसले जिल्ला अधिवेशन स्थगित गरेको छ । पार्टीकाे महाधिवशेन नजिकिएसँगै अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरिएकाे हो ।

यी जिल्लाको अधिवेशन अब १४ औं महाधिवेशन सम्पन्न भइसकेपछि मात्रै गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन हुन बाँकी रहेको छ भने ६१ जिल्लाकाे अधिवेशन सम्पन्न भइसकेकाे छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!