जनता दरबार र सिटिजन्स डिस्कसन फोरमसँग भोलि एकता गर्दै विवेकशील साझा

Posted on: 03 Dec, 2021

मङ्सिर १७, काठमाडौं | विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच शनिबार पार्टी एकता घोषणा हुने भएको छ । 

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार वैकल्पिक शक्ति निर्माण गर्न तीन पार्टीबीच एकता घोषणा हुन लागेको हो । 

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा, कर्णबहादुर शाही संयोजक रहेको सिटिजन्स र एसपी शाह सारथी अध्यक्ष रहेको जनता दरबारबीच शनिबार दिउँसो १ बजे जाउलाखेलमा पार्टी एकता घोषणा हुन लागेको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!