देउवा पक्षले टुंग्यायाे सुदूरपश्चिम प्रदेश उम्मेदवारकाे नाम (सूची)

Posted on: 03 Dec, 2021

मंसिर १७, काठमाडौँ | नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत शेरबहादुर देउवा पक्षले रामचन्द्र पौडेल पक्षसँग चुनाव लड्ने उम्मेदवारको टुंगो लगाएको छ ।

देउवा पक्षको बैठकले सुदूरपश्चिम सभापतिमा वीरबहादुर बलायरलाई उठाउने निर्णय गरेको छ । यस्तै उपसभापतिमा जनक चौधरी, लोकराज अवस्थी, महामन्त्रीमा मनु साह, मेघराज खड्का र सहमहामन्त्रीमा अम्बिका चलाउने र गोपालदत्त भट्टलाई उम्मेदवार बनाइएकाे स्राेतले जनाएकाे छ।

यसअघि पौडेल पक्षले सभापतिमा कैलालीका नारायण मिश्र, उपसभापति गोपाल गुरुङ, मानबहादुर रावल, महामन्त्रीमा प्रताप गुर्दामी र रामबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यस्तै सहमहामन्त्रीमा पदमराज पन्त र नरेन्द्र भट्ट उम्मेदवार बन्ने भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!