प्युठान अति संवेदनशील जिल्ला ! विप्लव समूहले अवरोध पुर्‍याउन सक्ने

Posted on: 30 Nov, 2017

मंसिर १४, प्यूठान | प्युठानमा मङ्सिर २१ गते प्रतिनिधि तथा प्रदेश सभा चुनावको हुँदैछ । प्युठानलाई प्रदेश नं. ५ को सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षाका दृष्टिकोणले अति संवेदनशील जिल्ला मध्येमा पारेको छ ।

चुनाव बहिष्कारको रणनीति लिएको विप्लव माओवादी भनेर चिनिने नेकपाद्वारा प्यूठानमा निर्वाचन सुरक्षा चुनौती बन्न सक्ने अनुमान गरिएको जिल्ला सुरक्षा संयन्त्रले जनाएको छ । चुनाव प्रचारको लागि गाउँमा नपस्न र चुनावी अभियानमा अवरोध हुन सक्ने भन्दै जिल्ला प्रहरीले विप्लव समूहका केही कार्यकर्तालाई पक्राउ समेत गरेको छ । उनीहरुले सबैभन्दा बढी माओवादी केन्द्रलाई नै विभिन्न ठाउँमा खुला रुपमै अवरोध गर्न सक्ने अनुमान गरेका छन् । संयुक्त वाम गठवन्धनसँग सँगै प्रचार हिँडेका एमाले, माओवादी र राजमो सम्मिलित कार्यक्रम तथा आमसभालाई पहिल्यैदेखि अवरोध गर्न सक्ने सुरक्षा अंगलाई रिपोर्ट छ ।

केन्द्रीय स्तरबाटै पार्टीले बहिस्कारको रणनीति लिएकोले गाउँमा कार्यक्रम गर्दा जनता स्वतःस्फुर्त आक्रोशित भएर कार्यक्रम बिथोल्न सक्ने भए पनि पार्टीले आफ्ना कार्यकर्ता कसैलाई पनि ढुङ्गा, मुढा प्रहार तथा लडाईँ गर्नका लागि निर्देशन नदिएको नेकपाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!