माण्डवी गाउँपालिकाको प्रथम गाउँसभा सुरु, झन्डै २४ करोड बजेट प्रस्तुत

Posted on: 01 Sep, 2017

सागर शर्मा/भदौ १६, प्युठान । माण्डवी गाउँपालिकाको प्रथम गाउँसभा आजदेखि शुरु भएको छ । 

गाउँपालिकाका अध्यक्ष श्रीधरको अध्यक्षतामा भएको गाउँसभाको उद्घाटन जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आाचार्यले गर्नुभएको हो ।

झिमरुक एकीकृत विकास केन्द्र नयाँगाउँ दारिमचौरमा भएको सभामा अध्यक्ष रोकाले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाका उपाध्यक्ष मुगा पुनमगरले प्रस्तुत गर्नुभएको थियो । उहाँले २३ करोड ६७ लाख ४१ हजार ७ सय १८ रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।

उक्त बजेटमा आर्थिक विकास तर्फ ५७ लाख ५९ हजार, सामाजिक विकास तर्फ २ करोड ७२ लाख ५६ हजार, पुर्वाधार तर्फ ३ करोड ५५ लाख ५ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ६० लाख १२ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ १ करोड १३ लाख ८४ हजार २ सय १ रुपैयाँ रहेको माण्डवी गाउँपालिकाका नायव सुब्बा ज्योतिप्रकाश पौडेलले जानकारी दिनुभयो । सभा भोलिसम्म चल्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!