प्यूठानमा बजार अनुगमन, १३ प्रकारको म्याद नाघेको सामाग्री बरामत

Posted on: 21 Sep, 2017

सागर रिजाल। असोज ५, प्युठान। जिल्ला प्रशासन कार्यालय प्यूठानले आज खलंगामा बजार अनुगमन गरेको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै खाद्य तथा किराना पसलमा अनुगमन गरिएको हो ।


अनुगमन बाट विभिन्न पसलमा ५३ प्याकेट विस्कुट, काजु १५ प्याकेट, सर्बोत्तम पिठो ५ प्याकेट लगायत १३ प्रकारको म्याद नाघेको सामाग्री बरामत गरिएको छ । निरन्तर रुपमा अनुगमन गर्ने क्रममा आज खलंगा बजार अनुगमन गरेको हो ।

कोष तथा लेखा नियंन्त्रक कार्यालय प्यूठानका प्रमुख दिनेश थापाको नेतृत्वमा १९ ओटा पसलको अनुगमन गरिएको छ । अनुगमनको नेतृत्व गर्नु भएका थापाले प्यूठानी जनताको स्वाथ्यलाई कसैलेनी खेलवाड गर्न नहुने बताउनु भयो । उहाँले व्यापारीलाई उपभोक्ताको स्वास्थ्यलाई खेलवाड नगर्न र म्याद नाघेको सामाग्री उपभोक्तलाई विक्रि वितरण नगर्न अनुरोध गर्नु भएको छ ।


साथै सुर्तिजन्य पदार्थ र खाद्य पदार्थलाई फरक फरक स्थानमा राखेर विक्रि वितरण गर्न समेत अनुरोध गर्नु भयो । म्याद नाघेको सामग्रीका साथै पसलमा मुल्यसुचि, नापतौलको दुरुस्त सामग्री, दर्ता व्यावसाय तथा नविकरण, खरिद विल भएनभएको समेत चेकजाँच गरिएको छ।

बरामत गरिएको सामग्री प्रशासनको रोहबरमा जलाउने थापाले जानकारी दिनुभयो । थापा लगाएत सरोकार वला निकाय तथा पत्रकारको उपस्थितिमा अनुगमन गरिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!