प्युठानका अर्जुन संगितको प्रबर्द्धनमा सक्रीय बन्दैछन्...

Posted on: 30 Aug, 2017


सास | भदौ १४, प्युठान | नेपालमा सदियौ देखी चल्दै आएको सामाजिक बिकृती बिसंगतीका बिरुद्धमा चलचित्र निर्माण गर्ने योजना रहेको छ जस्ले समाज परिबर्तनमा सहयोग पुगोस ।

बिगत लामो समय देखी बलिउडमा समेत अनुभव बटुलेका अर्जूनले नेपालमा सामाजिक रुपानत्रणका अभियानलाई सहयोग पुग्ने किसिमको सामाग्रीहरु उत्पादन गर्ने र प्रचार प्रशारको क्षेत्रमा काम गर्ने बताएका छन् ।

बलिउडमा ट्राफिक सिंग्नल, अल द बेस्ट, वील यू म्यारी मी , चादनीवार, हिरोइन, गोलामाल ३ लगाएतका चलचित्रममा  असिस्टेनट डाईरेक्टर को समेत भुमिका रहेर जिम्मेबारी पुरा गरि सकेका अर्जुनले अबका दिनमा नेपालैे रहेर यो क्षेत्रमा काम गर्ने बताएका छन् ।

आम्दानीका हिसाबले बलिउडनै उत्तम रहेको भए पनि आफ्नो मातृभुमीको लागि केही गर्नु पर्ने बताउने अर्जुनले कर्ममा विस्वास गर्दछन ।


प्यूठानको गौमुखी गाउँ पालिका ५ ( साबिकको खुङ) मा जन्मिएका अर्जुनले एक दशक अगाडी गाउँ छोडेर भारतको चण्डिगढ हुदै मुम्बैमा पुगेर धर्मेन्द्र, सनि देवल , बवि देवल, अजय देबगन, संजयदत, सल्मान खान, श्रेस तलपडे, प्रिङका चोप्डा, बिपासा बासु लगाएत संग काम सिक्ने अबसर प्राप्त गरेका थिए ।

हाल आएर नेपालमा नेपाली लोकगितको म्यूजिक भिडियोहरुलाई प्रबद्र्धन गर्ने उदेश्येले काम गरि रहेका अर्जुनले निकट भविश्यमा नेपाली चलचित्र निमार्ण गरेर सामाजिक रुपान्त्रणमा सहयोग गर्ने उदेश्य राखेका छान । 

पछिल्लो समयमा उनले 'गाउका लाहुरे फर्केनन घर, पहिले जस्तो रमाईलो का छ र ?' भन्ने गितमा अभिनय गरेका अर्जूनले दर्जन बढि नेपाली म्यूजिक भिडियाहरुमा पनि अभिनय गरि सकेका छन् । 

हाल यो कामलाई ब्यबसायिक रुममा बिकास गर्नको लागि साकुरा मल्टिमिडिया हाउस प्रा लि कम्पनी समेत स्थापना गरि कामलाई अगाडी बढाईरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!