आचार्यको ठर्राको छर्रा कबिता संग्रह प्युठानमा विमोचन

Posted on: 31 Dec, 2016

पुस १६, प्यूठान । उदयीमान कवि नवराज आचार्यको हास्यब्यङ्ग कविता संगह‘ ठर्राको छर्रा’ विजयलक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा शनिवार विमोचन गरीएको छ । 

साहित्य परिषद प्यूठान र राप्ती साहित्य परिषद जिल्ला शाखा प्यूठानको संयूक्त रुपमा आयोजित कविता संग्रह विमोचन कार्यक्रममा साहित्यकार भुपेन्द्रराज सुवेदीले विमोचन गरेका हुन् । नेपालको ग्रामीण र शहरीया परिवेशमा मादक पदार्थ सेवन गर्नेहरुबाट घर परिवार, समाज र स्वयम् आफैलाई कति सम्म विकृत गरिरहेको हुन्छ भन्ने कुराको सन्देश दिएको साहित्यकार भुपेन्द्र सुवेदीले बताए ।‘

अध्ययनशिलता र पठन संस्कृतिबाट टाढीएको र मदिरामय बनेको युवा पुस्ताकोले मदिरा सेवनकै कारण घरेलु हिंसा, जकडिदो आर्थिक समस्या, पारिवारिक वेमेल, विग्रदो स्वास्थ्य स्थिति लगायतका पक्षमा प्रभाव पारेको छ । ’ साहित्यकार सुवेदीले भने । 

प्यूठानमा जन्मिएका कवि नवराज आचार्यले १० औँ बर्ष देखि पत्रपत्रिकामा कविताहरु प्रकाशन गरे पनि ‘छर्राको छर्रा’ पहिलो कविता संग्रह हो भने अन्य कविता संग्रहहरु प्रकाशन हुने तयारी रहेकाछन् । शशीधर भण्डारिबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!