नेकपा एमाले प्युठानले नगरपालिका र ४ गाउपालिकामा उम्मेदवार टुङ्गायो (को को परे)

Posted on: 21 Apr, 2017

सागर शर्मा | बैशाख ८, प्युठान | यहि वैशाख ३१ गते हुनलागिरहेको स्थानियतहको निर्वाचनको लागि नेकपा एमाले प्युठानले १ नगरपालिका र ४ गाउँपालिकामा नगरपालिका प्रमुख तथा गाउपालिका अध्यक्ष र उपाध्यक्षको लागि उम्मेदवारको प्रस्ताव गरेको छ । 

जसमा मल्लरानी गाउँपालिकावाट अध्यक्ष ईमान सिंह भारती, उपाध्यक्ष सरिता पोखे्रल, सरुमारानी गाउपालिका वाट झग वहादुर विक, उपाध्यक्ष मीना सोमै, माण्डवी गाउपालिकावाट अध्यक्ष श्रीधर रोका, उपाध्यक्ष कल्पना घर्तिमगर, स्वर्गद्धारी नगरपालिकावाट प्रमुख नेत्र बहादुर रोकाय र नौवहिनी गाउपालिकावाट अध्यक्ष डिल वहादुर रोका लाई प्रस्ताव गरेको छ । साथै बाकी गाउपालिका तथा नगरपालिकामा  यहि १० गते सम्म उम्मेदवारको टुङ्गो लगाईने नेकपा एमाले प्युठानले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!