जिसस प्यूठानमा राजमो नेतृत्वको संयुक्त प्यानल विजयी

Posted on: 13 Aug, 2017


सलिम अन्सारी/साउन २९, प्यूठान । जिल्ला समन्वय समिति प्युठानमा राष्ट्रीय जनमोर्चा नेतृत्वको संयुक्त प्यानल बिजयी भएको छ।नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रको प्यालन विजयी भएको हो । 

जिल्ला समन्वय समिती प्युठानको अध्यक्क्षमा राष्ट्रिय जनमोर्चाका केशवराज आचार्य  र माओवादी केन्द्रका पदम थापा उपाअध्यक्ष  पदमा  निर्वाचित भएका हुन् ।

सदस्यहरुमा माधव भण्डारि , कृष्ण जिसी, शेर बहादुर के सी, रेशमा केसी, नारायणी कुमारी थापा, दिलीप कुमार वि.क. र सुमित्रा  सुनार विजयी भएको खबर छ । नेपाली काङ्ग्रेसले यहाँ सदस्यमा मात्र चित्त बुझायो।

तिन मुख्य दलको गठनबन्धन भएपछी यहाँ नेकपा एमालेको जिल्ला समन्वय समितीमा सहभागिता शून्य देखिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!