प्यूठानमा बिरासत जोगाउने र लालकिल्ला भत्काउने चुनौती

Posted on: 02 Nov, 2017

सलिम अन्सारी/कात्तिक १६, प्यूठान । आउँदो मँसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्यूठानमा बामगठबन्धन र नेपाली काग्रेस आम्नेसाम्ने हुने भएका छन । 

बिहीवार बामगठबन्धनको तर्फवाट राष्टिय जनमोर्चाले र नेपाली काग्रेस एक्लैले उम्मेद्धवारी मनोनयन दर्ता गराएका छन । दुवै पक्ष बाजागाजा सहित सदरमुकाम खलगाँ परिक्रमा गरि जिल्ला समन्वय समितीको सभाकक्षमा स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयमा उम्मेद्धवारको मनोनयन दर्ता गराउन पुगेका थिए । 

प्रतिनिधीसभाका लागि नेपाली काग्रेसका तर्फवाट राष्टिय पुर्ननिर्माण प्राधिकरणका निबतमार्न सिइयो गोबिन्दराज पोख्रेल र बामगठबन्धनको तर्फवाट राष्टिय जनमोर्चाकी केन्द्रिय उपाअध्यक्ष दुर्गा पौडेलले मनोनयन दर्ता गरेका छन। प्यूठानमा पोख्रेल र पौडेल उत्तिकै परिचीत छन । 


राष्टिय योजना आयोगका पुर्व उपाअध्यक्ष समेत रहेका काग्रेस उम्मेद्धवार पोख्रेल जनतामाझ लोकप्रीय छन । बामशक्तिको  प्रभाव रहेको प्यूठानमा बामपृष्ठभुमीबाट काग्रेस प्रवेश गरेका गोबिन्दराज पोखेल लोकप्रीय मानिन्छन । 

बामगठबन्धनकी साझा उम्मेद्धवार पौडेल लामो समयदेखि राजनीतिमा लागेकी नेत्री हुन । दुर्गा बिघटित व्यावस्थापिका सँसदमा पनि राष्टिय जनमोर्चाको तर्फवाट समानुपातिक कोटामा सँसद बनेकी थिइन । 

उनि पुराना कम्युनिष्ट नेता एवँ नेकपा मसालका महामन्त्री मोहोन बिक्रम सिहँकी कान्छी पत्नी हुन । केन्द्रमा एक र प्रदेशमा दुइ सिट रहेको प्यूठानमा राष्टिय समिकरण अनुसार केन्द्रमा राजमो र प्रदेशमा एमाले माओवादीले एक एक सिटमा प्रत्यक्ष चुनाव लडने सहमती भएको हो । 

यस्तै प्रदेशसभा निर्बाचन क्षेत्र नम्वर एकबाट काग्रेसका क्षेत्रीय सभापती टेकप्रसाद भण्डारीले मनोनयन दर्ता गराएका छन । बामगठबन्धनका तर्फवाट एमालेका पुर्व जिल्ला अध्यक्ष हरिप्रसाद रिजालले मनोनयन दर्ता गराए । 

यस्तै निर्वाचन क्षेत्र नम्वर दुइवाट काग्रेसका जिल्ला सभापती अमरप्रसाद भण्डारी र बामगठबन्धनका तर्फवाट माओवादि केन्द्रका केन्द्रिय सदस्य कृष्णध्वज खडका रहेका छन। नयाँ शक्ति पार्टी नेपाल,नेकपा माले,राष्टिय प्रजातन्त्र पार्टि नेपालले समेत प्रदेशसभा र प्रतिनिधीसभाका लागि उम्मेद्धवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको हो । कार्यालयका अनुसार यहाँ शान्तीपुर्ण तरिकाले उम्मेद्धवार मनोनयन दर्ता भएको हो ।

घेराबन्दिमा कांग्रेस

प्यूठान जिल्ला राजनीतिक रुपमा कम्यूनिष्टहरुको पुरानो किल्लाको रुपमा चिनिन्छ । २०४८ सालपछि कम्यूनिष्टहरुले एकलौटि राज गर्दै आएको जिल्ला हो प्यूठान । २०४८को साँसदिय निर्वाचनमा तत्कालिन नेकपा मसालले निर्वाचन बहिस्कार गर्दा दुवै निर्वाचन क्षेत्रमा काग्रेसले जितेपनि त्यसयता मसालको चुनावी मोर्चा राष्टिय जनमोर्चाले पकड जमाउँदै आयो। 

२०५१ सालमा क्षेत्र नम्वर १ मा नेपाली काग्रेस र क्षेत्र नम्वर २ मा मसाल विजयी भए । २०५६ सालको निर्वाचनमा दुवै क्षेत्रमा जनमोर्चाले आफनो विजयीको झण्डा फहरायो । त्यसयता प्यूठानलाइ राजमोले आफनो किल्ला बनाउदै आयो। सँबिधानसभा निर्वाचन २०६४ मा जिल्लाको दुवै निर्बाचन क्षेत्रमा कव्जा जमाएको अहिलेको माओबादि केन्द्रलाइ पछि पार्दै नेकपा एमालेले २०७० सालको निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा आफनो बिजयीको झण्डा फहरायो । 

त्यसदेखि अघिका निर्वाचनमा राजमोलाइ सघाउँदै आएको एमाले उस्लाइ समेत पाखा लगाउँदे पहिलो शक्तिका रुपमा देखा पर्यो । जिल्लामा लामो समयदेखि पकड जमाउँदै आएका यी बामपन्थी दल राष्टिय रुपमा चुनावी तालमेलसँगै पार्टी एकतासम्मको योजना बनाएर मैदानमा होमिएका छन ।


स्थानीयतहको चुनावसम्म पनि पानी बारावारको अवस्थामा रहेका दुइ ठूला बामपन्थी घटक नेकपा एमाले र माओवादि केन्द्र यसपटक एउटै चुनावी मोर्चामा छन। एमाले माओवादि गठबन्धनमा राष्टिय जनमोर्चा समेत जोडिएपछि प्यूठानमा गठबन्धन अझै बलियो बनेको छ । 

एक्लै मैदानमा उत्रिएको नेपाली काग्रेसलाइ कम्युनिष्ट गठबन्धनबाट राजनीतिक रुपमा निर्माण हुने लालकिल्ला भत्काउनैपर्ने चुनौती खडा भएको छ ।  भने राजमो सहितको एमाले माओबादि गठबन्धनलाइ २०५१ देखि स्थानीय तह निर्वाचनसम्मको आफनो बिरासत जोगाउदै प्यूठान जिल्लालाइ आफैले घोषणा गरेको कम्यूनिष्ट जिल्ला लाल किल्ला सुरक्षित गर्नुपर्ने चुनौती रहेको छ । 

रानिितक रुपमा काग्रेस प्रतिरक्षात्मक देखिएको र बामगठबन्धन शालिन आक्रामक बन्नुपर्ने अवस्थामा रहेको पाइएको छ।काग्रेसमा जनलहर बढदै गर्दा बामगठबन्धनलाइ आगामी निर्बाचन प्रतिष्ठा र अस्तित्वको लडाइका रुपमा देखिएको छ । आगामी मँसिरमा हुन लागेको चुनावमा कम्यूनिष्ट गढ भत्काउने दाउमा लागेको  काग्रेस घेराबन्दिमा परेको छ। 

प्यूठानमा सधै कमजोर साबित भएको काग्रेसलाइ हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको सफल्ताको गर्ब छ ।  गठबन्धनदललाइ  ठूला बाम एक ठाम भएकोमा हर्कबढयाइ छ। उनिहरुले गत निर्वाचनमा पाएको मतलाइ जोडघटाउ गर्दै बाजी मार्ने दावी गरिरहेका छन । निर्वाचनमा बामदलहरुको साँगठानिक अवस्था र उनिहरुले प्राप्त गरेको मत हेर्दा काग्रेसलाइ जित हत्ताउन फलामको चिउरा चपाउनु जस्तै हुने बिश्लेषकहरु बताउँछन । 

यद्धपी गएको चुनावमा जिल्लाभरको कम्युनिष्ट किल्लामा राम्रै धावा बोलेको काग्रेसलाइ कम्जोर रुपमा आँकलन गर्न नहुने उनिहरुले तर्क गरे । नतिजा जस्को पोल्टामा गएपनि कडा प्रतिस्पर्धा हुने कुरा सवै स्विकार्छन। स्थानीयतह निर्वाचन अनुसार  जिल्लामा काग्रेस दोश्रो शक्ति हो ।


एक निर्वाचन क्षेत्र रहेको प्यूठानमा प्रतिनिधीसभाका लागि एक जना र प्रदेशसभाका लागि दुइ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने छन । जिल्लाका तीन ठूला दल एमाले,राजमो र माओबादि केन्द्र एकै ठाउँमा उभिएपछि बामगठबन्धन काग्रेसभन्दा दोव्वर मतले बलियो देखिएको हो। गएको  निर्वाचनमा जिल्लाको नौ स्थानीयतह मध्ये ६ वटामा बामदलले जितेका थिए । 

तर, निर्वाचनका बेला केहि मत तलमाथी पर्न सक्ने अनुमान राजनीतिक दल र बिश्लेषकहरुको छ। स्थानीयतह निर्वाचनमा यहाँ बामगठबन्धनदलले ६४ हजार ३ सय ३५ मत पाएका थिए भने नेपाली काग्रेसले २३ हजार २ सय ८२ मत पाएको थियो । बामगठबन्धनको पक्षमा नेपाली काग्रेसको भन्दा ४१ हजार ५३ मत बढि छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!