प्युठानको फोप्लीमा खानेपानिको हाहाकार

Posted on: 30 Mar, 2017

एलिसा बस्नेत | चैत १७, प्युठान | फोप्ली पिपलबोट का बासिन्दा खानेपानि नहुदा सास्ती खेप्न बाध्य भएका छन । फोप्ली पिपलबोट को सिगों गाउनै खानेपानिको समस्या भोग्दै आईरहेको छ । गत साउन महिनामा गएको बाडिपहिरो र डोजरले पाइपहरु काटिदिएका कारण पानि को हाहाकार भएको हो । हालको लागी विकल्पमा डेढ घण्टाको बाटो भई पानि लिन जाने गरेको स्थानियबासी चुमान शिहं पुनले बताउनुभयो ।

मानिस लगाएत गाई वस्तुलाई पानि खुवाउन र चर्फीजान समेत मुस्किल परेको पुनको  भनाई छ । बाटो टाडा भएकाले दिनै भरि एक जनालाइ पानि बोक्न ठिक्क हुने उहाले बताउनु भयो । “घरघरमा धारा छन तर बाटो खन्ने क्रममा डोजरले पानिनै पुरिदिए पछि अझै सम्म पाइपहरु जडान भएको छैन, गाबिसले पाइपहरुको माग गरेको छ भन्छ तर अझै सम्म उपलब्ध गराएको छैन” स्थानिय निमा सुनारले बताउनु भयो । 

प्युठान जिल्लालाई खुल्ला दिसा मुक्त घोषणाा गरेपनि फोप्ली पिपलबोट का बासिन्दा भने पानिको समस्याले गर्दा खुल्ला ठाउमा चर्फि गर्न बाध्य छन । पानि लिन डेढ घण्टा बाटो हिन्नु पर्ने भएकाले र भनेको समयमा चर्फीमा प्रयोग गर्ने पानि नहुदा बाहिरनै दिसापिसाब गर्न बाध्य भएको स्थनिय निमा सुनारले बताउनु भयो । खानेपानिको चरम समस्या हुदा पनि कहिकतै बाट पहल नभएको फोप्ली पिपलबोटका बासिन्दाको गुनासो छ ।। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!