प्युठानमा प्रहरी हिरासतमा रहेका व्यक्ति मृत फेला

Posted on: 12 May, 2017

सागर शर्मा/बैशाख २९, प्युठान । ईलाका प्रहरी कार्यालय भिग्रीको शौचालयमा एकजना व्यक्तिको मृत फेला परेका छन । 

स्वर्गद्धारी नगरपालिका वडा नं ५  सारी वस्ने वर्ष २९ का भुपेन्द्र गिरी गएराती मृत अवस्थामा फेला परेका हुन । गएराती करिब ३ वजेको समयमा शौचालयमा गएको र धेरै वेर सम्म नआएपछि खोज्न जादा  उनी मृत भेटिएका हुन । 

घरायसी झगडामा अनुसन्धानका लागि ल्याईएका व्यक्ति मृत भेटीनु रहस्यमय भएको भन्दै स्थानिय वासीले प्युठान रोल्पा सडक खण्ड बन्द गराएका छन । प्रहरीको कुटपिटबाट मृत्यु भई घटना रहस्यमय वनाउनको लागि शौचालयमा झुण्डाईएको हुन सक्ने स्थानीयले आरोप लगाएका छन । 

मृतक व्यक्तिको पोष्टमार्टका आधारमा पिडितका आफन्तहरुको थप संघर्षका कार्यक्रम अघि सारीने जानकारी गरा्एका छन । घटनाको यर्थात छानविन र दोषिलाई कारवाहीको माग र मृतकका परिवारलाई उचीत क्षतीपूर्तिको माग गरि यातायात वन्द गरेका हुन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!