दाङमा स्कुटर दुर्घटना हुँदा प्युठानका दुई युवाको मृत्यु

Posted on: 21 Jul, 2017


साउन ६, दाङ । दाङको देउखुरीमा स्कुटर दुर्घटना हुँदा प्युठानका दुई यवाको ज्यान गएको छ ।

राप्ती गाउँपालिका- १ भालुवाङमा लु ३२ प ९४८ नम्वरको स्कुटर नालामा खस्दा स्कुटिमा सवार दुई युवाको ज्यान गएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

मृत्यु हुनेमा प्यूठान नगरपालिका ४ का २८ वर्षीय सुशील गैरे र प्यूठान नगरपालिकाकै ५ का २१ वर्षीय कविराम भण्डारी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख रविन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!