प्युठानमा अम्रीसोका सात सय बिरुवा रोपिए

Posted on: 23 Jul, 2017


सागर शर्मा/साउन ८, प्युठान । प्युठानमा अम्रिसोको विरुवा रोपिएको छ । 

जिल्लाको उत्तरी क्षेत्र नौबहिनि बहानेस्थित  कुलाखोला सामुदायिक वन उपभोक्ता समुहको दुई रोपनी क्षेत्रफल जमिनमा अम्रिसोको विरुवा रोपिएको हो । 

कृषकहरुको आयआर्जनमा टेवा पु¥याउन र  भुक्षय नियन्त्रण गर्ने उदेश्यले  भिरालो जमिनमा अम्रिसोको विरुवा रोपिएको जनाइएको छ।

फुलवारी एकिकृत ग्रामिण विकास संस्था अन्र्तगत पहल कार्यक्रमको रु तिन हजार पाँच सय लगानीमा सात सय अम्रीसोका बिरुवा रोपिएको प्राकृतिक स्रोत व्यवस्थापन अधिकृत सरद भण्डारीले वताउनुभयो । 

फुलवारी एकिकृत ग्रामिण विकास संस्था अन्र्तगत पहल कार्यक्रम र इलाका वन कार्यालय वाहनेको सहजीकरणमा भएको अम्रिसोको विरुवा रोप्ने कार्यक्रममा क्षेत्रिय प्राकृतिक व्यवस्थापन अधिकृत निरज अधिकारी, पहल कार्यक्रमका जिल्ला संयोजक सन्तोष कुमार शर्मा, प्राकृतिक स्रोत व्यवस्थापन अधिकृत सरद भण्डारी, ईलाका वन कार्यालय वाहनेका रेन्जर राजकुमार चौधरी, कुलाखोला सामुदायिक वन उपभोक्ता समुहका सदस्यहरुको उपस्थितीमा अम्रिसोको विरुवा रोपिएको हो ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!