प्युठानका संजय, जसले देशलाई विश्वमा चिनाए, अब संजयको नाममा प्रतिष्ठान गठन हुने

Posted on: 15 Sep, 2017

सागर शर्मा | भदौ ३०, प्यूठान | अल्ट्रा धावक तथा पर्वतारोही स्व. सञ्जय पण्डितको स्मृतिमा सञ्जय पण्डित स्मृति प्रतिष्ठान गठन गरिने भएको छ । जिल्लामा आज बसेको सर्वपक्षिय बैठकले प्रतिष्ठान गठन गर्नका लागि तदर्थ समिति गठन गरेको छ ।

 पत्रकार महासंघ प्यूठानका अध्यक्ष महावीर रानाको संयोजकत्वमा गठित समितिले स्व. पण्डितको स्मृतिमा विभिन्न कामहरु गर्ने उदेश्य लिएको छ । सञ्जयको नाममा सडकको नामाकरण, वार्षिक रुपमा रनिंगशिल्ड प्रतियोगिता सञ्चालन, पूर्ण कदको शालिक स्थापना, हिमाल आरोहणका क्रममा लागेको ऋण व्यवस्थापन गर्ने उदेश्यले प्रतिष्ठान गठन गर्न लागिएको संयोजक रानाले बताउनुभयो । 


बैठकमा सहभागी सांसद धन बहादुर रायमाझीले सञ्जय पण्डितले व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर देशलाई संसारभर चिनाएको बताउनुभयो । उहाँले सञ्जय पण्डितको योगदानलाई चिरस्थायी बनाउन केन्द्रमा पहल गर्ने बताउनुभयो । बैठकमा सहभागीहरुले स्व.पण्डितले प्यूठान सहित सिंगो देशको नाम संसारभर फैलाएको भन्दै सञ्जयको योगदानका लागि सवै सकारात्मक भएको बताएका छन् । पण्डितको असार २ गते अमेरिककाको डेनाली हिमाल आरोहणका क्रममा हाई अल्टिच्युडका कारण निधन भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!