प्यूठानमा २५ सय ४९ जनाले म्यादी बन्न आवेदन दिए

Posted on: 17 Oct, 2017

सागर शर्मा | असोज ३१, प्युठान | आउँदो मंसिर  १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको सुरक्षाका लागि सरकारले म्यादी प्रहरीको लागी दरखास्त आह्वान गरेपछि प्युठानमा २५ सय ४९ जनाले म्यादी बन्न आवेदन दिएका छन ।

प्रदेश सभा तथा प्रतिनिधि सभाको लागी गत असोज २४ गतेदेखि ३० गतेसम्मका लागी म्यादी प्रहरीको आबेदन खुल्ला गरेको थियो । दरखास्त दिने अन्तीम दिन सोमबार सम्ममा २५ सय ४९ जना म्यादी प्रहरीले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भन्दा प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनका लागी ठुलो संख्यामा म्यादी प्रहरीले आबेदन दिएका छन ।

स्थानीय तहको निर्वाचन भन्दा यस निर्वाचनमा २६८ जना बढीले म्यादी प्रहरीका लागी आवेदन दिएको जिप्रका स्रोतले जानकारी दिएको छ ।  प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागी हिजो सोमवारसम्म २ हजार २१ जना पुरुष र ५सय २८ जना महिला गरि २५ सय ४९ जनाले आवेदन दिएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!