प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ५ जना घाईते (नामसहित)

Posted on: 28 Dec, 2017

पुस १३, प्युठान । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन । 

ऐरावती गाउँपालिका बरौलादेखि कैरनतर्फ आउँदै गरेको लु २ त ९१२२ नम्बरको ट्याक्टर झिबाङमा दुर्घटना भएको हो । साझ ६: ३० बजे भएको दुर्घटनामा चालक सहित ५ जना घाइते भएको प्युठान प्रहरीले बताएको हो । 

घाइते हुनेमा ट्याक्टर चालक राप्ती गाउँपालिका वडा नं ८ का २२ वर्षिय रामचन्द्र चौधरी, ऐराबती ५ कि ३१ वर्षकी तिर्सना नेपाली, ऐराबती ४ हर्नाघाट बस्ने वर्ष २४ का मदन बहादुर भण्डारी, त्यस्तै सहचालक ऐराबती ४ कैरनका २२ बर्षिया निर्मल वुढा र ऐरावती गाउँपालिका ४ कैरनकै २१ वर्षिया अर्जुन भण्डारी घाइते भएका हुन ।

ट्याक्टर चालक चौधरीको बाहेक अन्य घाइतेको अबस्था सामान्य रहेको बताइएको छ। घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!