रकमी धन्दाबाट रेकमबहादुर निलम्वीतः तमसुक जफत, जग्गा फिर्ता

Posted on: 17 Sep, 2018

प्रेम सुनार । असोज–१, गुल्मी । यस साझासबाल मिडियामा '६ हजार दिएर १० लाखको तमसुक' शिर्षकको समाचार  प्रकाशित भए लगत्तै  प्युठान वादीकोटका रेकमबहादुर खत्रीले गरिव सोझा साझीहरुलाई ऋण दिदै  ठेकी काट्दै र ब्याजको स्याज गराउँदै  आएको रकमी धन्दा सधैका लागि अन्त्य भएको छ ।  उनले छिमेकी जिल्ला गुल्मी मदाने गाउँपालिका वडा नम्वर ६  पुर्कोटदहका  ७८ बर्षिय बृद्ध ज्ञानबहादुर घर्तिलाई ६ हजार रुपैयाँ दिई १० लाखको तमसुक गराई उनको १० रोपनी जग्गा भदौं ५ गतेका दिन जिल्ला मालपोत कार्यालयमा  १० रोपनी जग्गा दृष्टि पास गराएका थिए ।  

त्यस बिरुद्ध समाचार प्रशारण भए लगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीद्धारा प्रक्राउ परी आईतबार उनले उक्त १० लाख रुपैयाँ आफुले नदिएको गल्ती स्वीकार गर्दै जग्गा घर्तिलाई आजै फिर्ता गर्न मञ्जुर भएका छन । शनिबार ईलाका प्रहरी कार्यालय पुर्कोटदहमा प्युठान झिम्रिक गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष बलदेव महतराले मोटर साईकलमा ल्याई बुझाएका थिए । 

वडाध्यक्ष महतराले भने–‘ जन मैले रातोपाटीमा  रेकमबहादुरको कर्तुतको खबर हेरे तब मलाई मेरै वडामा यस्तो मान्छे शैैह्य नलागेर समातेर रेकमबहादुरलाई  पुर्कोटदह प्रहरी चौकीमा लगेर बुझाएको हुँ । ’

हात जोड्दै मैले पैसा दिएको हुँ भन्दै थिए 

पुर्कोट दह प्रहरी चौकीमा बुझाईएका रेकमबहादुर उल्टै मैले न्याय पाउँ भन्दै भुँईमा लम्पसार हुँदै लडेर भगवानको नाम ल्याउँदै  जम्ले हात गरेर त्यहाँका प्रहरी प्रमुख  प्रहरी निरीक्षक  रविराज थपलिया संग अनन्य विनय गर्दै थिए ।  झण्डै २ सय जना उनिद्धारा पिडितहरुले उनलाई घेरा हाली रहेका थिए । 

उनले लडेर भगवानको नाम लिई रहँदा पिडित त्यसमा पनि महिलाहरुले  अझै भगवानको नाम लिन्छस भन्दै उनको मुखमा चप्पल तेर्साई रहेका थिए । प्रहरी निरीक्षक थपलियाले उनलाई ति  आक्रोािषत पिडितहरुबाट सुरक्षा दिदै दिनै भर संयोजन गरे । 

उनले ढाँट्न नछाडे पछि  जिल्ला प्रहरी प्रमुख  दिपक कुमार बस्नेतलाई रिर्पोटिङ्ग गरे पश्चात बस्नेतको निर्देशनमा रेकमबहादुर,  उनका मतियार पुर्कोटदहका चिन्ताबहादुर कुँवर र तकमान थापालाई सदरमुकाम तम्घास पठाईयो ।  त्यस प्रहरी कार्यालयमा २०६९ सालमा ति बृद्धलाई ३ लाख रुपैयाँ दिएको , २०७१ म ४ लाख र २०७४ मा डेढ लाख  दिएको जिकिर गरेका थिए । 

श्रीमान मैले उनिलाई  रकम दिएको होईन क्षमा पाउँ 

आईतबार दिउँसो जिल्ला प्रशासनको सभाहलमा मलागिरीबाट आएका दर्जनौ पिडितहरुले प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्ल समक्ष डेलिगेशन कार्यक्रमको आयोजना गरेका थिए । त्यस कार्यक्रममा रेकमबहादुरले दुई हात जोड्दै श्रीमान म सुध्रिने मौका पाउँ, मैले पैसा लगानी लगाई केहि बढि ब्याज लिएको सत्य हो, तर अब देखि मैले यस्तो काम गर्ने छैन भन्दै याचना गरी रहेका थिए । 

पिडित घर्ति तर्फ हात जोड्दै उनले भने हो , मैले ६ हजार तकमान मार्फत बृद्धलाई दिएको हुँ अरु पैसा मैले दिएको छैन त्यो जग्गा मैले पास गराएको हुँ अब गल्ती स्वीकार गर्दै  फिर्ता गर्न चाहन्छु ।  

प्रमुख जिल्ला अधिकारी पौड्यालले यस्तो जालसादी पञ्चायतकाल पुर्वका जिम्मेवाल मुखियाहरुले जस्तै गरी रेकमबहादुरले ठगी धन्दा चलाएको स्पष्ट भएको बताए । उनले सोमबार उक्त जग्गा फिर्ता गर्न जिल्ला मार्फतमा पठाउने र अरु पिडितहरुलाई पनि न्याय दिलाउँने प्रतिबद्धता जनाए । उनले यस घटना उठान गर्ने सञ्चारकर्मी, सञ्चार माध्यम र संघ संस्थालाई धन्यबाद समेत दिए । 

उनिबाट पिडित सबैले न्याय पाए 

प्रमुख जिल्ला अधिकारी पौड्यालले रेकमबहादुरको घरमा रहेका सबै तमसुकहरु प्रशासनले नियन्त्रणमा ल्याउने , ति तमसुकहरुको छानविन गरी उनका असामीहरुले लिएको सत्य साँवा कति हो ? बुझेर सरकारी  प्रचलित ब्याज दर अनुसारको रकम दिलाई दिने , यस अघि रेकमबहादुरले जो  जस संग बढि रकम लिएका छन त्यो पनि फिर्ता गराई दिने प्रतिबद्धता जनाए । 

पौड्यालले त्यसो भनि रहँदा रेकमबहादुर फेरी हात जोड्दै भन्दै थिए –‘ श्रीमान मलाई सुध्रिने मौका दिनुहोस, उहाँहरु जति जनाले म संग पैसा लिनु भएको छ, उहाँहरुले पनि छातीमा हात राखेर मेरो साँवा मात्रै दिए पुग्छ नदिए पनि मैले अब देखि माग्ने छैन । ’

जसले पहिलो पटक दलितहरु संग हात जोडे 

उनको ऋण खाँदै आएका र सधैव  ज्यु–हजुरी र दबावमा बस्दै आएका उनका छिमेकी नेमे कामी , कृष्ण बिक, नेपाले बिक लगायत मलागिरीका दलितहरु प्नि उनि बिरुद्ध पहिलो पटक आवाज उठाउन जिल्ला प्रशासन आएका थिए । 

उनिहरु तर्फ फर्किदै रेकमबहादुरले हात जोडेर विन्ती बिछ्याउँदै भने–‘ मैले जति दिएको हुँ, त्यति तपाईहरुको सत्धर्मले दिनुस वा नदिनुस तर म पनि हिन्दु धर्म मान्ने भएकोले मलाई एक चानस सच्चीने मौका दिनुस ।’  उनले ति दलितहरुलाई तपाई हजुर भनेका र त्यसरी दुई हात जोडेको  पहिलो पटक भएको स्थानियले बताए ।  

तपाईलाई हिन्दु धर्मको नाम लिने नैतिकता छ ? 

पिडितहरुको अगुवाई गरेर डेलिगेशन गएका नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्ण सुनारले चड्किदै भने–‘ यति धेरै जनालाई उठिवास पार्ने, जालसादी गरेर जग्गा पास गरेको आफैले स्वीकार गर्ने तपाई रेकम होईन रकमबहादुरलाई यसरी हिन्दु धर्मको नाम लिन कसरी नैतिक अधिकार छ ?

तपाईहरु जस्ता धेरै जना हिन्दु धर्मको नाम लिदै सोझा साझीलाई ठग्ने  लुट्नेहरु सामान्तहरु हो । यस्ता सामन्तहरुलाई माफी होईन कडा सजाय दिलाउने छौं , हेरौ कसले रोक्ने रहेछ  ? ’ संगै रहेका सोही पार्टीका अर्का नेता धर्म बिश्वकर्माले पनि माफी मागेर  मात्रै उनलाई छाड्न नहुने सुझाव दिए ।

नागरिक समाजका अध्यक्ष पदम पाण्डेले यस घटना बिरुद्ध सिङ्गो गुल्मीका जनता उत्रिने भएकोले छानबिन समिति गठन गरेर उनिबहाट पिडित भएका सबै जनालाई न्याय दिलाउने गरी प्रशासन अगाडी बढ्न सुझाव दिदै अन्यथा रेकमबहादुर उनका मतियारहरु मिनाह माफीमा फुस्कीए जनता सडकमा उत्रिने सम्मको चेतावानी दिए ।  नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले रेकमबहादुर जस्ताका पक्षमा कुनै राजनैतिक दल नलाग्ने भएकोले निष्पक्ष छानविन समिति गठन गरेर पिडितहरुलाई न्याय दिलाउन सुझाव दिए । 

प्राय एउटै ब्यक्ति लेखक र साँझी 

मलायगिरी स्वास्थ्य चौकीका ग्रामिण स्वास्थ्य कार्यकर्ता हरिकृष्ण सेन स्थायि सरकारी कर्मचारी हुन । उनले रेकमबहादुरका अधिकांस किर्ते तमसुक लेख्ने र साँछी बस्ने गरेको स्पष्ट भएको छ । असामी पिडितहरुले पैसा बुझाउँदा उनले  अहिले बुझाउन पर्दैन भन्ने र पछि ल्याप्चे लगाउन लगाई किर्ते तमसुक बनाई घर जग्गा रेकमबहादुरको नाममा गराउन मुख्य सहयोगीको भुमिका खेल्ने गरेको पिडितहरुले बताए । 

रेकमबहादुरका नातेदार रहेका उनलाई पनि छानविनको दायरामा ल्याएर कार्वाही गर्नु पर्ने पिडितहरुको माग छ ।  त्यस्तै  नेपाली कांग्रेस पुर्कोटदहका उप सभापति चिन्तबहादुर कुँवर र अर्का स्थानियवासी तकमान थापा त्यस्ता झुटा तमसुकका साँझी बसेर रेकमबहादुरको ठगी धन्दाका साँझी बस्ने अर्थात मतियार बन्ने गरेका छन । 

कुँवरले हात जोड्दै यो पछिल्लो जग्गा पास गराउने घटनाको मात्रै साँझी बसेको सफाई दिई रहँदा आक्रमक शैलीमा उठेर उनि तर्फ औला ठडाए अर्का पिडित मलागिरीका विमल खड्काका भाई बिरेन्द्र खड्काले । उनले भने–‘ मेरो अपाङ्ग दाजु विमल खड्कालाई बैदेशिक रोजगारमा जान बाध्य पार्ने तमसुकको साँझी बस्ने उहाँ चिन्ताबहादुर ज्यु नै हुनुहुन्छ त्यसको प्रमाण अदालतबाट ल्याएर पेश गर्न सक्छु  । 

चिन्ताबहादुरलाई मैले अभिभावक ठान्थे र रेकमबहादुरले गर्ने गरेको जालसादी बिरुद्ध म उहाँ संग सहयोग मागी रहँदा पछि अदालतमा आउँदा त त्यो झुटा तमसुकको साँझी उहाँ नै भएको देखे पछि म छाँगाबाट खसे जस्तो भएँ, उहाँलाई लाज लाग्दैन पछिल्लो यस काण्डमा मात्रै साँझी बसेको हु अरुमा छैन भन्न ?  ’  

प्रमुख जिल्ला अधिकारी पौड्यालले रेकमबहादुरको ठगी उद्योग उनि एक्लैले नभएर ठुलो सञ्जालबाट सम्भव भएको भन्दै सबैलाई तान्ने बचन दिएका छन । एउटै टोल मलागिरीबाट हिजो १३ जना पिडितहरुले जिल्ला प्रशासनमा उजुरी दिएका छन । 

उजुरी दिनेहरुले आफ्नो परिचय समेत दिन नजान्ने रहेका छन । उनिहरुको तमसुक ५० हजार दिएको एक बर्ष नपुग्दै दुई तिन लाख भएको देखेर सभाहलमा सबैजना हाँसेका थिए ।  रेकमबहादुरले ऋणीहरुका नागरिकता र जग्गाका लालपुर्जा समेत आफैले जफत गर्दै आएका छन । 

ति कागज पत्र पनि फिर्ता गर्न उनि मञ्जुर भएका छन । सात रोपन जग्गा मात्रै भएको र कुनै पनि बैंकमा आफ्नो खाता नभएको दावी गर्ने रेकमबहादुरको झण्डै ६ करोड भन्दा बढि ऋण लगानीको श्रोत के हो ? भन्ने सरोकारवालाको प्रश्नमा प्रमुख जिल्ला अधिकारी पौड्यालले भने–‘ स्पष्टै छ नि त्यसको श्रोत हो यहि ठगी धन्दा । ’

सच्चा बिश्वकर्मा पुजा आज 

नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाललाई गुल्मी स्थित रेसुङ्गा टेलिभिजनले आज गर्न लागेको बिश्वकर्मा पुजाको निमन्त्रण गर्दा उनले यस समाचारदातालाई पनि हामीले सञ्चार माध्यमा गर्ने बिश्वकर्मा पुजा भनेको मलागिरीका ति दलित मजदुरहरुलाई जुन न्याय दिलाईयो त्यही नै सबै भन्दा ठुलो बिश्वकर्मा पुजा भएको प्रतिकृया दिए । 

उनले भने–‘ आज बिश्वकर्मा पुजाको दिन म तपाईको कामलाई पुज्न चाहन्छु , अनि तपाईका मिडिया र मलागिरीका ति दलितहरुलाई आत्माले पुजा गरी रहेको छु , आज पुजा होईन हिजोको निर्णय कार्यन्वयनमा लागौं । ’ उता प्युठनको झिम्रीक गाउँपािलका वडा नम्वर २ का वडाध्यक्ष बलदेव महतराले  रेकमबहादुर बिरुद्ध जिल्ला प्रशासन कार्यालय गुल्मीले गरेको निर्णयको खबर पाउन साथ गुल्मी, प्युठान र अर्घाखाँची सम्मका रेकमबहादुर मार्फतका पिडितहरुले मुक्ति दिवस जस्तै मनाई रहेको बताए ।

नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका वडाध्यक्ष महतराले भने –‘ हामी जनताको न्यायका लागि राजनीति गरेका हौ, त्यही न्यायका लागि मैले जोखिम मोलेरै रेकमबहादुरलाई समातेर प्रहरीमा बुझाएको हुँ, अहिले पिडितहरुले न्याय पाउने भएको खवरले असाध्धै खुशी लागेको छ । 

‘पुर्कोटका प्रचण्ड’

रेकमबहादुरको कर्तुतबारे  खोज अनुसन्धान हाम्रो पत्रकारिताका स्थानिय सञ्चारकर्मी हुन पुर्कोटदहका खिम केसी । हाम्रो टिम संगै खटिएका केसी पेशाले शिक्षक भए पनि खोज पत्रकारितामा दखल राख्छन । हामी संग गत तिन महिना देखि रेकमबहादुरको रकमी धन्दा बारे गुल्मी र प्युठान सहित चार जिल्लाका पिडितहरु समक्ष पुगेर हामीले रिर्पोट तयार पारेको अन्तिम दिन रेकमबहादुरलाई सम्पर्क गरे पछि कतै धम्की र कतै प्रलोभनहरु पनि आए । जिम्मेवार राजनैतिक दलका नेताहरुले रेकमबहादुरलाई बचाउका लागि आग्रह र धम्की दुबै आए ।

शिक्षक केसीलाई र यस समाचारदातालाई असुरक्षा महशुस भई अर्ध भुमिगतको शैली अपनाउन प¥यो । थाह थियो रेकमबहादुरको कर्तुत माथी हात हाल्नु भनेको अरिङ्गालको गोलामा हात हाल्नु हो । तर हिजो आईतार भने रेकमबहादुर नतमस्तक भएर हात जोडे । अन्तिम हात मिलाएर बिदा हुने क्रममा रेकमबहादुरले यस समाचारदाताको हत्केला कोट्याए ।  उनले भने–‘ मेरो बेईजत भयो सर, अब मैले यसरी सच्चीएको र ऋणीहरुलाई मैले गरेको मिनाह माफीको सकरात्मक समाचार पनि बनाई दिनु पर्यो ।’ उता शिक्षक खिम केसीलाई पिडितहरुले भने–‘ तपाई त हाम्रो पुर्कोटको प्रचण्ड नै बनेर निस्कीनु भयो । हामी न्युज २४ टिम र तपाईलाई अविर जात्रा गराउँदै मुक्ति दिवस अब आउने शनिवार मनाउँदै छौं आउनु होला । ’

छानविन समिति गठन 

हिजो डेलिगेशनमा मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी सहित अधिकांस वडाध्यक्षहरु प्नि आएका थिए । रेकमबहादुर कर्तुत काण्ड बिरुद्ध खनिएका उनिहरुले छानविन समितिको माग गरे । सोही अनुरुप आज प्रमुख जिल्ला अधिकारी पौड्यालले कार्यविधी बनाएर मदाने गाउँपालिको न्यायिक समिति अध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष सरिता खड्काको संयोजकत्वमा छानविन समिति बनाउँदै छन । 

रेकमबहादुरबाट पिडित भएका हाल सम्मका पिडितहरुले सोही समितिमा उजुरी दिनु पर्ने छ ।  यस अघि ठगिएका र रकम तिरेकाहरुले पनि  बढि रकम फिर्ताका लागि उजुरी हाल्न पाउने छन । त्यस समितिलाई प्रहरीले सहयोग गर्ने जिल्ला प्रहरी प्रमुख दिपककुमार बस्नेतले जानकारी दिए । आज जग्गा फिर्ता हुँदै गरेका ज्ञानबहादुरका छोरा कृष्णबहादुर घर्तिले भने–‘ हाम्रो परिवारको सच्चा भगवान ....... यो आत्माले जयजयकार गर्दछ । ’

यस बिषयमा तपाइको प्रतिक्रिया...!