बाल विवाह गर्ने युवक नुवाकोटबाट पक्राउ

Posted on: 24 Nov, 2018

मंसिर ८, नुवाकोट । बालिका विवाह गरेको अभियोगमा नुवाकोट प्रहरीले प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ का पवन घर्तीलाई शुक्रबार पक्राउ गरेको छ ।

गाउँकै १३ वर्षीया बालिकालाई विवाह गरी नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ल्याएर राखेको अवस्थामा २२ वर्षीय घर्तीलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

गत कात्तिक २७ गते बालिका हराएपछि परिवारले खोजी गर्ने क्रममा केटा पक्षले भगाएर नुवाकोट ल्याएर विवाह गरेको भन्दै दिएको किटानी जाहेरीका आधारमा घर्तीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि प्यूठान प्रहरीमा पठाइने नुवाकोट प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!