प्युठानका सडक कार्यालय दुई इन्जिनियर २० लाख घुससहित पक्राउ

Posted on: 10 Dec, 2019

मङ्सिर २४, काठमाडौं । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै पक्राउ परेका छन् । 

काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा उनीहरुलाई घुसको रकम लिँदालिँदै करिब २० लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । 

उनीहरुलाई सेवाग्राहीसँग रनिङ बिल भुक्तानी गरिदिएवापत २० लाख घुस लिँदालिँदै पक्राउ परेका हु न्। पक्राउ परेका इन्जिनियरमाथि अनुसन्धान सुरु गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!