क्वारेन्टिनमा जन्मियो शिशु

Posted on: 23 Jun, 2020

असार ९, झिमरुक। प्युठानको  एक क्वारेन्टिनमा बसेकी गर्भवतीले शिशु जन्माउनुभएको छ । मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बस्नुभएका १८ वर्षीया सीता खड्काले छोरा जन्माउनुभएको हो । 

क्वारेन्टिनमा सुत्केरी व्यथा लागेपछि उहाँलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो । स्वास्थ्य केन्द्रमै  आज बिहान करीब  ८ बजे उहाँ सुत्केरी हुनुभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताउनुभयो । आमा र शिशु दुवैको स्वास्थ्यावस्था  सामान्य रहेको जनाइएको छ ।  खड्काको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । पिसीआर लिने नलिने विषयमा छलफल भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताउनुभयो । खड्का आफ्ना श्रीमान्सँग यही असार १ गते भारतबाट आई क्वारेन्टिनमा बस्नुभएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!