प्युठानमा टिपर दुर्घटना हुँदा दुईको मृत्यु

Posted on: 04 Jul, 2020

असार २०, प्युठान | प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । 

सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर दुर्घटना हुँदा वडा नं ६ का टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो । 

उहाँका अनुसार सडकदेखि  करीब ६ सय मिटर तल माडी खोलामा खसेको सो  टिपर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!