प्युठान अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना, बहिरङ्ग सेवा बन्द

Posted on: 19 Oct, 2020

कात्तिक ३, प्युठान | प्युठान अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि अस्पतालको बहिरङ्ग विभाग सेवा बन्द गरिएको छ ।  चार चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमणपछि ओपिडी सेवा बन्द गरिएको हो ।

अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेका अनुसार अर्को सूचना नआञ्जेल ओपिडी, फिजियोथेरापी र डेन्टल सेवा बन्द गरिएको छ ।  सो अवधिमा अस्पतालमा आकस्मिक र प्रसूति सेवालाई भने निरन्तरता  दिइने जनाइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!