प्यूठानमा पनि पर्यटन दिवस मनाइयो, पर्यटकिय क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड

Posted on: 28 Sep, 2016

असोज १२, प्यूठान । पर्यटनको दिगो विकासका लागि पर्यटनमा लगानी र पर्यटनमैत्री वातावरण निर्माण गर्नु पर्नेमा जिल्ला स्थीत सरोकारवालाहरुले जोड दिएका छन् । मंगलवार ३७ औँ विश्व पर्यटन दिवस को अवसरमा आयोजित ¥याली तथा कोण सभा कार्यक्रममा वाल्ने बक्ताहरुले सो कुरा बताएका हुन् । 

प्यूठान जिल्ला ऐतिहासिक, धार्मिक, साँस्कृतिक पर्यटकिय गन्तब्य भएकोमा गर्ब गर्दै जिल्लाका सरोकारवाला निकायले पर्यटकिय क्षेत्रमा लगानी गर्न जोड दिनु पर्ने बताएका थिए । पर्यटन पत्रकार संघ जिल्ला शाखा प्यूठान,प्यूठान उद्योग वाणिज्य संघ, होटल ब्यबसायी संघ प्यूठान, स्वर्गद्धारी सार्वजनिक यातायात ब्यबसायी प्यूठानको आयोजना एवं जिल्ला विकास समिति प्यूठान, प्यूठान नगरपालिका प्यूठानको सहकार्यमा नयाँ वजार जुम्री देखि विजुवार  कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय प्रतिनिधी नोमराज पौडेल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष गिरुप्रसाद भण्डारी, प्यूठान उद्योग वाणिज्य संघ प्यूठानका सदस्य दधिराम भण्डारी, होटल ब्यबसायी संघ प्यूठानका अध्यक्ष चन्द्रलाल न्यौपाने र स्वर्गद्धारी यातायात ब्यबसायी समितिका महासचिव चन्द्रमान श्रेष्ठले मन्तब्य व्यक्त गरेका थिए । (एलिसा बस्नेतबाट प्राप्त समाचार)

यस बिषयमा तपाइको प्रतिक्रिया...!