दोरम्बा–सुनापती गाउँपालिका जोडने पक्की पुल निर्माण सम्पन्‍न

Posted on: 07 Mar, 2018


२३ फागुन, रामेछाप ।

रामेछापको दोरम्बा र सुनापति गाउँपालिका जोडने पक्की पुल निर्माण सम्पन्‍न भएको छ । दुई गाउँपालिकाको सीमा रहेको खानीखोलामा पक्की पुल निर्माण कार्य सम्पन्‍न भएको हो । बर्षाको समयमा पुल नहुँदा ठूलो सास्ती झेल्दै आएका दोरम्बा गाउँपालिका बासिन्दालाई ठूलो राहत भएको छ । दोरम्बा गाउँपालिका५ र सुनापति गाउँपालिका२ स्थित रजमन्टारमा पक्की पुल निर्माण भएपछि स्थानीयमा खुसीयाली छाएको छ ।

चार बर्ष अघि निर्माण कार्य सुरु भएको पुल सवा तीन करोड लागतमा निर्माण भएको हो । ४२ मिटर लम्बाई र सात मिटर चौडाइ रहेको पुलमा एक पटक दोहोरो रुपमा सवारी आवतजावत गर्न सक्छन् ।

रामेछापको दोरम्बासुनपति गाउँपालिका जोड्ने खानीखोलास्थित पक्की पुल निर्माणको जिम्मेवारी गौरी-पार्वती-निलगिरी जेभीले पाएको थियो । तर बीचमा नै निर्माण नगर्ने मनस्थितिमा निर्माण कम्पनी पुगेपछि पुल निर्माण गर्ने जिम्मेवारी स्थानीय हिरा श्रेष्ठले लिएका थिए ।

 

स्थानीयबासी समेत रहेका श्रेष्ठले भने,‘निर्माण कम्पनीले ठेक्का पारेपछि भौगोलिक कठिनाइको कारण काम नगर्ने अवस्थामा पुगेका थिए, आफ्नो गाउँमा आएको पुल जसरी पनि बनाउनु पर्छ भनेर जोखिम मोलेरै मैले जिम्मेवारी लिएर पुल निर्माणको काम सम्पन्न गरेको हुँ ।

दोरम्बा गाउँपालिका५ अन्तर्गत नै दुई बर्ष अगाडि नै खैरेखोलामा भने पक्की पुल सञ्चालनमा आइसकेको छ । यो पुल सञ्चालनमा आएपछि अब बर्षाको समयमा पनि सहज रुपमा सदरमुकाम मन्थली र राजधानी काठमाडौं आवतजावत गर्न सहज भएको उनले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!