चार दिनदेखी बेपत्ता रामेछापकी उष्मा फुयाँलको लास सुनकाेशीमा भेटियो

Posted on: 17 May, 2018

जेठ ३, रामेछाप ।

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीस्थित रणजोर खोलाले बगाएर ४ दिनदेखि बेपत्ता भएकी उष्मा फुयालको लास बिहिबार दिउँसो भेटिएको छ । अविरल बर्षापछि आएको बाढीले बगाएर सोमबार बिहानदेखी बेपत्ता भएकी फुयालको सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ७ खुर्काेट स्थित सुनकोशी कोशी किनारमा लास भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।


नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयहरुले उनलाई बगाएको रणजोर खोला र सुनकोसी नदीमा ४ दिनदेखि खोजी कार्य जारी राखेको थियो । मन्थली आकाशेकी १८ बर्षकी फुयाल सोमबार बिहान मन्थली माविबाट कक्षा ११ को परीक्षा दिन ६ जना साथीसँगै मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीमा रहेको रुद्राक्षेश्वर मावि परिक्षा केन्द्रमा  गएकी थिइन् । उनीसंगै परिक्षा दिन गएका ६ जनालाई पनि खोलाले बगाएपनि अन्य छात्राहरुको भने सकुसल उद्दार गरिएको थियो ।

बाढीले मन्थली अस्तव्यस्त :परीक्षा दिन गएका विद्यार्थी बगे,घर डुबानमा (तस्बिर सहित)

यस बिषयमा तपाइको प्रतिक्रिया...!