जिल्ला समन्वय समिति रामेछापका अधिकृतमाथि छुरा प्रहार

Posted on: 23 Aug, 2018

प्रज्वल पौडेल । भदौ ७, रामेछाप

जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीलाइ अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा गम्भीर घाईते भएका छन् । गएराति मन्थली नगरपालिका–१ मच्छेडाडीस्थित आफ्नै निवासमा बसिरहेका उनलाई मुखमा मास्क बाधेँर आएका व्यक्तिले एक्कासी छुरा प्रहार गर्दा पेटमा छुरा लागेर गम्भीर घाइते भएका हुन् ।


बेलुका घरको माथिल्लो तलाको कोठामा नेट/फेशबुक चलाएर बसिरहेका सुबेदीलाई परिवारका अरू सदस्य अन्य कोठामा रहेको मौका पारी छुरा प्रहार भएको हो । उनलाई राति नै उद्दार गरी तामाकोशी सहकारी अस्पतालमा ल्याएर प्राथमिक उपचारपछि धुलिखेल अस्पताल पठाइएको थियो । अस्पताल स्रोतका अनुसार उनको पेटको आन्द्रा काटिएकाले शल्यक्रिया गरिएको छ । उनलाई आइसीयुमा राखिएको भएपनि अहिले सुबेदी खतरामुक्त रहेको धुलिखेल अस्पतालले जनाएको छ ।

अपरिचित व्यक्तिले झुक्याएर प्रहार गरेको छुरा जवर्जस्ती खोसेपछि सो व्यक्ति हतार हतार निस्कीई बार्दलीबाट हाम फालेर भागेको बताइएको छ ।

हत्या गर्ने उद्देश्यले सुबेदीमाथि छुरा प्रहार भएको जनाउँदै जिल्ला प्रहरी कार्यालय रामेछापले घटनाको अनुसन्धान थालिएको जानकारी दिएको छ ।



 

यस बिषयमा तपाइको प्रतिक्रिया...!