रामेछापमा २ अर्ब ४१ करोड बजेट विनियोजन (कुन स्थानीय तहमा कति रकम ?)

Posted on: 30 May, 2017

प्रज्वल पाैडेल । जेठ १६, काठमाडौं | सरकारले रामेछाप जिल्लामा ८ स्थानीय तहको लागि २ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको छ । साेमबार गणतन्त्र दिवसकाे दिन अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक बर्ष २०७४/०७५ को लागि व्यबस्थापिका संसदमा बजेट प्रस्तुत गर्नुभएको हाे। सरकारले स्थानीय तहको संरचना अनुसार सबैभन्दा बढी मन्थली नगरपालिका र सबै भन्दा कम सुनापति गाउँपालिकामा विनियोजन गरेकाे छ ।

सरकारले वित्तीय समानीकरण र सशर्त अनुदान गरि दुई शिर्षकमा बजेट छुट्टाएकाे जनाएकाे छ ।
रामेछाप जिल्लाका ८ स्थानीय तहकाे जम्मा बजेट विनियोजन यस्ताे छ ।
१. मन्थली नगरपालिका - ४९ करोड ५५ लाख २९ हजार
२. रामेछाप नगरपालिका- ३४ करोड ३३ लाख ३७ हजार
३.उमाकुण्ड गाउँपालिका - २४ करोड ४०लाख ३० हजार
४.गोकुलगंगा गाउँपालिका- २४ करोड २२लाख ७८ हजार
५.दोरम्बा गाउँपालिका - २६ करोड ९ लाख ४ हजार
६. लिखु गाउँपालिका - २७ करोड ६३ लाख ७२ हजार
७. सुनापति गाउँपालिका - २२ करोड ८१ लाख ३ हजार
८. खाँडादेवी गाउँपालिकामा -३२ करोड ३२ लाख ५ हजार

स्थानीय तहको निर्वाचनको बीचमा प्रस्तुत भएको बजेटमा नयाँ नीति तथा कार्यक्रम भने आएकाे छैन । नयाँ कार्यक्रम ल्याउन नपाएको सरकारले राष्ट्रिय गौरवका आयोजनामा पर्याप्त रकम विनियोजन गरेको छ ।

 स्थानीय तहको पुनः संरचना भई स्थानीय तहका ७४४ एकाइ बनेको र तीमध्ये २८३ एकाइमा भर्खरै निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले कार्यभार लिइसकेको तथा बाँकी ४६१ एकाइ पनि आगामी दुई सातामा जनप्रतिनिधि आइसक्ने सुनिश्चित भइसकेको अवस्थामा बजेटले स्थानीय तहलाई साधन र स्रोत सम्पन्न बनाएको छ । यस हिसाबमा सोमबार प्रस्तुत भएको बजेट सङ्घीयता कार्यान्वयनको कोशेढुङ्गा बनेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!