चाेक्टेखाेला लघु जलविद्युत उपभोक्ता समिति सैपुकाे नयाँ समिति गठन

Posted on: 14 Oct, 2017

असोज २८, रामेछाप । चाेक्टेखाेला लघु जलविद्युत उपभोक्ता समिति सैपुकाे नयाँ कार्यसमिति चयन भएको छ । शनिबार लिखु गाउँपालिका स्थित चण्डेश्वरी उमाविकाे प्राङ्गणमा भएकाे अाम भेलाले कृष्णप्रसाद पाैडेलकाे नेतृत्वमा ७ सदस्यीय नयाँ उपभोक्ता समिति सर्वसम्मत रूपमा गठन भएकाे हाे । समितिको उपाध्यक्षमा सावित्रा नेपाल, सचिवमा शाेभा खुट्टे, काेषाध्यक्षमा छविरमण निराैला,सहसचिवमा प्रेम तामाङ रहेका छन् । त्यसैगरी सदस्यहरूमा दुर्गादेवी पाैडेल र जनकराज पाैडेल चयन भएका छन् ।

भेलाले उपभोक्ताबाट मासिक रूपमा उठाउदै अाएकाे विद्युत महसुल ६/६ महिनामा अग्रिम भुक्तानी गर्ने र  यस अगाडि भुक्तानी हुन बाँकी महसुल तत्काल बुझाउनु पर्ने निर्णय गरेकाे छ । 

यसैविच भेलामा गत अार्थिक बर्षकाे अायव्यय अनुमाेदन गर्नुकाे साथै विद्युतगृहकाे मेसिन मर्मत गर्नका लागि अार्थिक संकलन गर्ने निर्णय भएकाे छ ।

भेलामा समितिका अध्यक्ष कृष्णप्रसाद पाैडेल,काेषाध्यक्ष दुर्गाप्रसाद पाैडेल, गाेपाल पाैडेल, वेदबहादुर पाैडेल, वडा अध्यक्ष पदमबहादुर तामाङ, पत्रकार प्रज्वल पाैडेल लगाएतका स्थानीय व्यक्तिहरूले अा-अाफ्नाे धारणा राखेका थिए । वक्ताहरूले गाउँकाे विकास निर्माणकाे क्षेत्रमा अापसी छलफलबाट एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!