रामेछापमा सवा २ करोड भन्दा बढी रकम फ्रिज

Posted on: 24 Jul, 2016

रामेछाप | रामेछाप जिल्लामा आर्थिक वर्ष २०७२र७३ मा सवा २ करोड भन्दा बढी रकम फ्रिज भएको छ ।

सवा पाँच अर्ब बार्षिक बजेट मध्ये २ अर्ब २७ करोड ४४ लाख ७ हजार २ सय १ रुपैयाँ खर्च हुन नसकेपछि फ्रिज भएको हो । चालूतर्फ १ अर्ब ६५ करोड ८१ लाख ९८ हजार ६ सय ७० रुपैया ५१ पैसा र पूँजिगतबाट ३६ करोड ९२ लाख ४८ हजार ५ सय ३१ रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक बर्ष २०७२र७३ को वार्षिक बजेट ५ अर्ब १५ करोड ६२ लाख ११ हजार ४ सय ६८ रुपैयाँ ८३ पैसा रहेकोमा ३ अर्व २८ करोड ७६ लाख ४ हजार २ सय ६७ रुपैयाँमात्र खर्च भएको छ ।

यसैगरी आर्थिक वर्ष २०७२र७३ मा रामेछाप जिल्लामा राजस्व करिब ११ करोड संकलन भएको छ । गएको आर्थिक वर्षमा १० करोड ७४ लाख ६८ हजार ६ सय ९९ रुपैया ९१ पैसा राजस्व संकलन भएको कोलेनिका रामेछापले जानकारी दिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!