काङ्ग्रेस नेता ढुङ्गेलकाे शाेक सभामा सहभागी नेता कार्यकर्ता सबै भक्कानिए

Posted on: 29 Mar, 2017


चैत १६, रामेछाप । स्वर्गीय नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरी ढुङ्गेलको १३ औँ पुन्यतिथिकाे अवसरमा रामेछापमा श्रद्धाञ्जली सभाकाे अायाेजना गरिएको छ ।

ढुङेलकाे जन्मस्थान पकरबासमा नेपाली काङ्ग्रेस रामेछापले मंगलबार शाेक सभाकाे अायाेजना गरेकाे हाे । साे सभामा उपस्थित नेता कार्यकर्ताले ढुङ्गेलकाे जीवन शैली र नेपाली राजनीतिक अान्दाेलमा उहाँले पुर्याएकाे याेगदानलाई सम्झदै भक्कानिए थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै काङ्ग्रेस नेता एवम् पूर्व जलश्रोत राज्यमन्त्री लक्ष्मणप्रसाद घिमिरले प्रजातन्त्रको संस्थागत विकास र नेपाली समाजको आमूल परिवर्तनका लागि स्वर्गीय ढुङ्गेलले महत्त्वपूर्ण भुमिका खेलेकाे स्मरण गराउनुभयाे ।


उहाँले भन्नुभयाे - "रामेछापमा काँग्रेस नेता तथा कार्यकर्ता एक ढिक्का भएर स्थानीय निर्वाचनमा विजय प्राप्त गर्नुपर्छ तबमात्र स्वर्गीय ढुङ्गेलप्रति सच्चा श्रदाञ्जली हुन्छ । उहाँले देखाएको बाटाेमा हामी हिड्न सक्नुपर्छ ।" त्यसैगरि नेपाली काँग्रेस रामेछापका पूर्व सभापति रामचन्द्र खड्काले ढुङ्गेलको मृत्युले उहाँको परिवारलाई मात्र नभई सिंगो नेपाली काँग्रेलाई समेत अपूरणीय क्षति पुगेको धारणा राख्नुभयाे ।

कार्यक्रमका अन्य बक्ताहरूले शाेकलाई शक्तिमा बदल्दै स्थानिय तहकाे निर्वाचनमा रामेछापका २ नगरपालिका र ६ वटै गाउँपालिकामा नेपाली काङ्ग्रेसलाई जिताउने अा-अाफ्नाे क्षेत्रबाट लाग्नुपर्ने धारणा राखेका छन् । २०१२ सालमा रामेछापको पकरवासमा जन्मिनुभएका ढुङ्गेल २०५६ सालमा रामेछापको क्षेत्र नम्बर २ बाट सांसद र २०५८ सालमा गिरीजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा कृषि सहायक मन्त्री समेत बन्नुभएकाे थियाे ।

ढुंगेललाई डिल्लीबजारस्थित आफ्नै कोठामा चैत ३ गते बिहान मृत भेटिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!