फुँयालकाे नेतृत्वमा ३१ सदस्यिय नेपाल शिक्षक संघ मन्थली नगर कार्यसमिति गठन

Posted on: 22 Apr, 2017


प्रज्वल पाैडेल/बैशाख ९, रामेछाप । नेपाल शिक्षक संघ मन्थली नगरकाे अध्यक्षमा बुद्धिराज फुँयाल निर्वाचित हुनुभएको छ ।

शुक्रबार सदरमुकाम मन्थलीमा भएकाे भेलाले फुँयालकाे नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति बनाएकाे हाे । नवगठित मन्थली नगर कार्य समितिकाे महिला उपाध्यक्ष सत्यकला महत, उपाध्यक्ष इश्वरप्रसाद ढुङ्गेल,सचिव भिमबहादुर नेपाली, अर्थसचिव इश्वरीप्रसाद घिमिरे,सहसचिव लक्ष्मणकुमार अधिकारी,महिला सहसचिव मञ्जु कार्की, समाबेशी सहसचिव यमकुमारी मगर र रामबहादुर माझी,अर्थ महिला सहसचिव सविना पाैडेल रहेका छन् ।

यसैगरी मन्थली नगरपालिकाका १४ वडाबाट १/१ जना सदस्य चयन गरिएको नवगठित कार्यसमितिका सचिव नेपालीले जानकारी दिनुभयाे । यस्तै कार्यसमितिमा ३ जना महिला सदस्य र ४ जना खुल्ला सदस्य समेत रहेकाे उहाँले बताउनुभयाे । नेपाल शिक्षक संघ मन्थली नगर संयाेजक कुश दाहालकाे अध्यक्ष तथा नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष नवराज घिमिरेकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष घिमिरेले शिक्षककाे पेशाग हकहितका लागि संगठन निरन्तर लागि परिरहेकाे बताउनुभयाे । शिक्षकलाई पछिल्लाे समय राजनीति गर्ने गरेकाे अाराेप लाग्न थालेकाे बताउदै उहाँले पेशागत जिम्मेवारी र कर्तव्यकाे ख्याल गर्दै गुणस्तरीय शिक्षा प्रदानमा जाेड दिन शिक्षकहरूलाई अाग्रह गर्नुभयाे ।

घिमिरेले अासन्न स्थानीय निर्वाचनमा अा- अाफ्नाे क्षेत्रबाट सहयाेग गर्न शिक्षकहरूलाइ अाग्रह गर्नुभयाे । यसैविच नवगठित कार्य समितिका सचिव भिमबहादुर नेपालीले नगरपालिका भित्रका शिक्षकका पेशागत हकहित तथा समस्या समाधानका लागि समिति लागिपर्ने बताउनुभयाे ।

उहाँले शिक्षककाे पेशागत सीपविकासमा जाेडदिदै गुणस्तरीय शिक्षा प्रदानगर्न अाफ्नाे क्षेत्रबाट सबै शिक्षक लागि पर्ने बताउनुभयाे ।उहाँले नगरका विद्यालयलाई शैक्षिक क्षेत्रमा नमुनाकै रूपमा विकास गर्न अाफुहरू गम्भीर भएर अाफुहरू लाग्ने बताउनुभयाे ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!