गजल - कस्ती भए हुन्छ ?

Posted on: 08 Dec, 2016

गजल

चाहिन्न बरू गाेरी, हल्का काली भए हुन्छ ।

मलाई माया गर्ने, दिल वाली भए हुन्छ ।


सम्झाैता र सहकार्यमा चल्नेछ जीवन 

हृदयमा मायालु सिट खाली भए हुन्छ ।


अाउँदा उनी धन सम्पति पर्दैन केहि

अक्षता र फुलपातीकाे थाली भए पुग्छ ।


सन्तति जाेगाउनलाई राख्नुपर्छ बीउ

उर्वर भुमीमा एकदुई बाली भए हुन्छ


कहिलेकाहीँ संयाेगले ससुराली पुग्दा

भिनाजु के छ भन्दै साेध्ने साली भए हुन्छ ।

.................................

पढेर बुझ्नुभयाे हाेला , भन्न खाेज्या केहाे 

गजल लेखे मनपरे ताली भए हुन्छ ।

- प्रज्वल पाैडेल, "पिस्क्वाएर", रामेछाप



यस बिषयमा तपाइको प्रतिक्रिया...!