गजल : खाली तिम्राे सिउँदाे मैले भर्ने कहिले हाे

Posted on: 18 Jan, 2018

"गजल" 

                    प्रज्वल पाैडेल "पि स्क्‍वाएर"
माइतबाट घरतिर सर्ने कहिले हाे ?
खाली तिम्राे सिउँदाे मैले भर्ने कहिले हाे ?

वारिपारी दुई किनारमा बस्‍न सकिन्‍न
जीन्दगीकाे जंगार सँगै तर्ने कहिले हाे ?

यी हातकाे काम इसारा गर्ने मात्रै त हाे
पाइला चाली गन्तव्यमा झर्ने कहिले हाे ?

मठ मन्दिर जान्छाै कति विश्वास गरेर
अक्षता फूलपाति शिरमा छर्ने कहिले हाे ?

भगाएर लैजाउँ भन्दा हुन्न भनेपछि
जन्ती डाेली लिई अाउनु पर्ने कहिले हाे ?

दाजुभाइ अाफन्तजन चासाे गरि हाल्छन्
साेध घरमा हाम्रो बिहे गर्ने कहिले हाे ?



लिखु तामाकाेशी गाउँपालिका -२
सैपु,रामेछाप 

यस बिषयमा तपाइको प्रतिक्रिया...!