रामेछाप जिल्लाको प्रस्तावित स्थानिय तह पुर्नसंरचना सम्वन्धि प्रतिवेदन फिर्ता

Posted on: 29 Nov, 2016

मंसिर १४,रामेछाप । स्थानीय तह पुनसंरचना आयोगले रामेछाप जिल्लाको प्रस्तावित स्थानिय तह पुर्नसंरचना प्रतिवेदन फिर्ता गरेको छ । 

जिल्लामा स्थानिय तह निर्धारण गर्दा गाउँपालीको केन्द्र र अन्य बिषयमा उजुरी र गुनासो दर्ता भएको भन्दै आयोगले सच्याएर, विरोध नहुने गरि स्थानिय तह बनाउँन जिल्ला प्राविधिक समितिलाई निर्देशन दिएको छ । आयोगले जिल्ला प्राविधिक समिती र आयोगमा आएका निवेदन र गुनासा सम्बोधन हुने गरी अन्तिम रिपोर्ट बुझाउन तीन दिनको समय दिएको छ ।

 रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्त संयोजक रहेको स्थानिय तह पुर्नसंरचना प्राविधिक समितीले रामेछापमा दुई नगरपालिका र ६ गाँउपालिका सहितको स्थानिय तहको खाका आयोगमा पठाएको थियो । 

तर प्रस्तावित खाकामा असन्तुष्टि जनाउदै गोठगाउँ, खिम्ती, तिल्पुङ,पकरबास लगायतका गाविसका नागरिकले विरोध सहित आयोगमा गुनासो दर्ता गराएका थिए । आयोगमा प्रस्तावित गाँउपालिकाको केन्द्र आयोगले तोकेको भौगोलिक मापदण्ड बिपरीत भएको गुनासो परेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!