एमालेलाई पहिलाे बनाउन स्थानीय तहमा जुटाैँ :रामेछापका नेता

Posted on: 11 Feb, 2017


प्रज्वल पाैडेल । माघ २९,काठमाडौ । नेकपा एमालेका नेताहरूले स्थानीय तहकाे निर्वाचनकाे तयारीमा जुट्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा नेकपा एमाले रामेछाप-काठमाडौ सम्पर्क मञ्च क्षेत्र नं १ द्वारा अायाेजित एक कार्यक्रममा वक्ताहरूले यस्ताे बताएका हुन् । कार्यक्रममा बाेल्दै एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीका सह ईन्चार्ज विजय गुरूङले ढिलाे चाडाे निर्वाचन हुने भएकाले नेतृत्व पंक्ति स्थानीयस्तरमा लाग्नुपर्ने बताउनुभयाे । गुरूङले सबै एकमत भएर पार्टीकाे नीति तथा कार्यक्रम जनता माझ गए एमाले पहिलाे पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयाे ।

एमाले वैकल्पिक केन्द्रीय सदस्य देवशंकर पाैडेलले एमालेकाे बलमा संविधान घाेषणा भएकाले कार्यान्वयनमा अन्य दल नलागेकाे धारणा राख्नुभयाे । अहिलेकाे सरकार गठबन्धन भारतकाे इसारामा चलेकाले निर्वाचन घाेषणा हुन नसकेकाे बताउनुभयाे । एमाले नीति बनाउने तर नेतृत्व अरूले लिने हुदाँ जनताकाे विस्वास जित्न नसकेकाे बताउदै पाैडेलले स्थानीय स्तर सक्रिय भए जित सुनिश्चित हुने स्पष्ट पार्नुभयाे ।

यस्तै सासंद कमला सुवेदीले राष्ट्रलाई विभाजन गर्ने गरि अाएकाे संविधान संशोधन विद्येयक संसदबाट पास हुन नदिने बताउनुभयाे । उहाँले स्थानीय निर्वाचन नभए देश अस्थिरता तर्फ धकिलिने भएकोले चुनावमा जानुकाे विकल्प नभएकाे बताउनुभयो। सुवेदीले जिल्लाकाे विकास र समस्या समाधानको लागि अाफू निरन्तर लागेकाे बताउनुभयो ।


एमाले प्रदेश नं ३ का सदस्य कैलाश ढुङ्गेलले कांग्रेसकाे समाजवाद माअाेवादिसँग मिलेपछि समाप्त भएको बताउनुभयाे । उहाँले भन्नुभयाे- माअाेवादीकाे कुरै नगराै, काङ्ग्रेसबाट समेत लाेकतन्त्रकाे अास गर्नु बेकार भएकाले अहिले जनमत एमालेकाे पक्षमा छ ।

कार्यक्रममा केन्द्रीय तथा जिल्ला कमिटीका नेता,रामेछाप-काठमाडौ सम्पर्क मञ्चका पदाधिकारी लगाएत विभिन्न गाविसका कार्यकर्ताहरूकाे सहभागिता रहेकाे थियाे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!