निर्वाचनलाई प्रभावकारी बनाउन एमाले रामेछापद्वारा गाउँ तथा नगरपालिकामा जिम्मेवारी (को-को परे ?)

Posted on: 29 Mar, 2017

चैत १६, रामेछाप । नेकपा एमाले रामेछाप स्थानीय तहकाे निर्वाचनमा अाफ्नाे पार्टीलाई बिजयी गराउने अभियानमा याेजनावद्ध ढङ्गले अगाडि बढेकाे छ । बैशाख ३१ गते हुन लागेकाे स्थानीय तहकाे निर्वाचनमा जनताकाे अभिमत प्राप्त गर्न वडा,गाउँ,नगर तथा जिल्ला कमिटीमा निरन्तर छलफल चलाउन थालेकाे हाे । एमालेले अहिले सबै गाउँपालिका तथा नगरपालिकामा कमिटी गठन गर्न लागि परेकाे र साेही क्रममा नेपाली काङ्ग्रेस, माअाेवादी केन्द्र लगाएतबाट पनि एमालेमा प्रवेशकाे जनलहर नै चलेकाे एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले बताउनुभयाे ।

 जिल्लाकाे समग्र विकास निर्माण,गाउँ तथा नगरपालिकाकाे समस्या समाधान गर्न एमाले सक्षम रहेकाले हरेक क्षेत्रमा अाफ्नाे बर्चश्व जमाउन सशक्त ढंगले नेता तथा कार्यकर्ताले चुनावि कार्यक्रममार्फत जान लागिएकाे उहाँले जानकारी दिनुभयाे । कार्कीका अनुसार साेमबार बसेकाे जिल्ला कमिटीकाे १७ अाैँ बैठकमा समेत पार्टीका विचार, सिद्धान्त र कार्ययाेजनालाई जनताकाे घरदैलाे सम्म कसरी पुर्याउने भन्ने विषयमा छलफल गरिएकाे छ । 

एमालेले स्थानीय निर्वाचनलाई लक्षित गर्दै  अभियानलाई प्रभावकारी बनाउन गाउँपालिका र नगरपालिकामा इन्चार्ज, संयोजक र सह–संयोजक समेत तोकिसकेकाे छ । बैठकले गाउँपालिका तथा नगरपालिकाकाे इञ्चार्जकाे नेतृत्व जिल्ला कमिटीका अध्यक्ष,उपाध्यक्ष,सचिव र उपसचिवलाई दिइएकाे प्रचार विभाग प्रमुख कार्कीले जानकारी दिनुभयाे ।

काे काे ताेक्याे - गाउँ तथा नगरपालिकाकाे इञ्चार्ज, संयाेजक र सह-संयाेजक ।

उमाकुण्ड गाउँपालिका -

इन्चार्ज - शान्ति प्रसाद पौडेल

संयोजक - चित्रबहादुर कार्की

सह- संयोजक - शेरबहादुर सुनुवार


गोकुलगंगा गाउँपालिका

इन्चार्ज- शान्ति प्रसाद पौडेल 

संयोजक- खड्ग सुनुवार 

सह-संयोजक- इश्वरी घिमिरे 


लिखु गाउँपालिका

इन्चार्ज- झम्क कडेँल

संयोजक- उद्धब कडरिया

सह-संयोजक- रत्न दर्जी


खाडाँदेवी गाउँपालिका 

इन्चार्ज- प्रेमबुहादर तामाङ 

संयोजक- ज्ञानकुमार श्रेष्ठ 

सह-संयोजक- प्रेम खड्का 


 दोरम्बा गाउँपालिका

 इन्चार्ज झम्क कडेँल

 संयोजक- कुमार कडेँल 

सह-संयोजक - कोमल ढुंगेल


सुनापति गाउँपालिका

इन्चार्ज- प्रेम तामाङ 

संयोजक रामकृष्ण लामा

सह-संयोजक - प्रदिप योञ्जन


मन्थली नगरपालिका 

इन्चार्ज -आनन्द श्रेष्ठ

संयोजक - कृष्णहरि अधिकारी

 सह-संयोजक - लव श्रेष्ठ


रामेछाप नगरपालिका

इन्चार्ज - शान्ति प्रसाद पौडेल 

संयोजक - युवराज पाख्रिन

सह-संयोजक - शान्ता सापकोटा

यस बिषयमा तपाइको प्रतिक्रिया...!