रामेछापका ८ स्थानिय तहमा प्रमुख तथा उपप्रमुखमा क-कसको उम्मेद्वारी (नामावली सहित)

Posted on: 02 May, 2017


प्रज्वल पौडेल । वैशाख १९, रामेछाप । आगामी बैशाख ३१ गते स्थानीय तह निर्वाचनको लागि रामेछापमा उम्मेदवारी दर्ता गर्ने कार्य मंगलबार सम्पन्न भएको छ। निर्वाचनकाे कार्यतालीका अनुसार भएकाे उम्मेदवारी दर्तासँगै जिल्लामा चुनावी चहलपहल बढेकाे छ ।

निर्वाचनको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरम लगाएत केही स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएको रामेछापका जिल्ला न्यायाधीश समेत रहेका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिनुभयाे। उहाँले जिल्लाको ८ वटै स्थानीय तहमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता गर्ने कार्यक्रम सम्पन्न भएको बताउनुभयाे । जिल्लामा २ नगरपालीका र ६ गाउँपालिकामा स्थानीय तहको निर्वाचन हुदैछ भने जिल्लामा १ लाख ३४ हजार ६ सय २० जनाको नाम मतदाता नामावलीमा रहेको छ ।

जिल्लामा प्रमुख दलबाट काे-काे ? 

मन्थली नगरपालिका :

मन्थली नगरपालिकामा कांग्रेसबाट मेयरमा विनोद, उपमेयर गंगा अधिकारी, एमालेबाट मेयरमा रमेश बस्नेत, उपमेयर माया कार्की र माओवादीबाट मेयरमा तारानारायण श्रेष्ठ, उपमेयरमा रीतादेवी घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

करिब ४५ हजार ५ सय जनसंख्या रहेको मन्थली नगरपालीकामा साविकको मन्थली नपा, गेलु, चनखु, पुरानागाउँ र फूलासी गाविस रहेका छन् ।

रामेछाप नगरपालिका :

रामेछाप नगरपालिकामा काग्रेसबाट मेयरमा नरबहादुर मगर र उपमेयर सिर्जना खड्का, एमालेबाट मेयरमा रोशन पाख्रिन, उपमेयर शान्तादेवी पौडेल (सापकोटा) र माओवादी केन्द्रबाट शिशिर खड्गी र उपमेयर इन्दिरा बख्रेलले उम्मेदवार दर्ता गराएका छन् । रामेछापमा पाँच राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको ४५ जना, एमाले ४७, माओवादी ४६, राप्रपा ३६, नयाँ शक्ति २ र स्वतन्त्र ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

करिब २८ हजार ६ सय जनसंख्या रहेको रामेछाप नगरपालिकामा साविकको रामेछाप नपा गोठगाउँ देउराली साँघुटार हिमगंगा र रामपुर गाविस रहेका छन् । 

उमाकुण्ड गाउँपालिका :

स्थानीय तहको निर्वाचनको लागि उमाकुण्ड गाउँपालिकामा काग्रेसबाट अध्यक्षमा हिक्मत सुनुवार, उपाध्यक्षमा सर्मिला कार्की, एमालेबाट अध्यक्षमा शेरबहादुर सुनुवार, उपाध्यक्षमा महारानी कार्की, माओवादीबाट मदन कालिकोटे र उपाध्यक्षमा लक्ष्मी तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

करिब १७ हजार ६ सय जनसंख्या भएको उमाकुण्ड गाउँपालीकामा साविकका गुम्देल, बाम्ती, कुबुकास्थली, प्रिति, गुप्तेश्वर र भुजी गाविस रहेका छन् ।

खाडाँदेवी गाउँपालिका : 

खाडाँदेवी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा वेदराज लामा, उपाध्यक्षमा मिना श्रेष्ठ, एमालेबाट अध्यक्षमा प्रेम तामाङ र उपाध्यक्षमा मखमली श्रेष्ठ र माओवादीबाट अध्यक्षमा शिवकुमार कार्की र उपाध्यक्षमा सुकु माझीले उम्मेदवारी दर्ता गराएका छन् ।

२५ हजार ८ सय जनसंख्या रहेको सो गाउँपालिकामा साविकका राकाथुम, मझुवा,भिरपानी,पकरबास,माकादुम, गागलभदौरे पिङ्खुरी र खाँडादेवी गाविस रहेका छन् ।

गोकुलगंगा गाउँपालिका :

गोकुलगंगा गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा नानीबाबु बस्नेत, उपाध्यक्षमा तुलसा केसी खड्का, एमालेबाट अध्यक्षमा खड्गबहादुर सुनुवार, उपाध्यक्षमा राधिका श्रेष्ठ, माओवादीबाट अध्यक्षमा प्रेमबहादुर कार्की, उपाध्यक्षमा मञ्जु बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । 

करिब २० हजार जनसंख्या रहेको सो गाउँपालीकामा साविकका चुचुरे, ठोसे, रस्नालु, बेताली, नामाडी र फर्पू गाविस रहेका छन् । 

दोरम्बा गाउँपालिका :

दोरम्बामा गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा मानबहादुर लामा र उपाध्यक्षमा खमला थापा मगर, एमालेबाट अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा सुभद्रा पाठक कंडेल र माओवादीबाट अध्यक्षमा कमानसिंह मोक्तान र उपाध्यक्ष्ँमा कृसला घिसिङको उम्मेदवारी दिएका छन् ।

करिब २२ हजार ८ सय जनसंख्या रहेको सो गाउँपालिकामा साविकका डडुवा, दोरम्बा, टोकरपुर, गोश्वारा, लखनपुर गाविस र गुन्सी गाविसको वडा नं ८ र ९ रहेका छन् ।

लिखु गाउँपालिका :

लिखु गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा चन्द्रबहादुर राउत र उपाध्यक्ष कल्पना खड्का, एमालेबाट अध्यक्षमा गोविन्द खड्का, उपाध्यक्षमा दीपशिखा दाहाल, माओवादीबाट अध्यक्षमा ध्रुव कार्की, उपाध्यक्षमा वन्दना श्रेष्ठ पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । 

करिब २३ हजार जनसंख्या रहेको लिखु गाउँपालिकामा साविकका दुरागाउँ, सैपू, विजुलीकोट, नागदह, खिम्ति र तिल्पुङ गाविस रहेका छन् ।

सुनापति गाउँपालिकामा :

सुनापतिमा गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा जितेन्द्र मोक्तान र उपाध्यक्षमा विनिता खड्का, एमालेबाट अध्यक्षमा प्रदिप योञ्जन र उपाध्यक्षमा पासाङ डोल्मा लामा र माओवादीबाट अध्यक्षमा धावा लामा र उपाध्यक्षमा गिता विष्टले उम्मेदवारी दिएका छन् । 

करिब १८ हजार जनसंख्या रहेको सुनापति गाउँपालिकामा दिमिपोखरी, बेथान, हिलेदेवी, खनियापानी गाविस र गुन्सी गाविसका वडा नं १ देखि ७ सम्म रहेको छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!