लिखु गाउँपालिकामा विजयी गराउन अाह्वान गर्दै एमालेकाे घाेषणापत्र (के-के कार्यक्रम छन् ?)

Posted on: 08 May, 2017


प्रज्वल पाैडेल। बैशाख २५,रामेछाप । बैशाख ३१ मा हुने स्थानीय निर्वाचनकाे लागी रामेछापका प्रमुख तीन दल चुनावी प्रचारप्रसारमा तिब्ररूपमा लागि परेका छन् । पार्टीप्रति अास्थावान नेता तथा कार्यकर्ताहरू अा-अाफ्नाे पार्टीकाे केन्द्र,जिल्लादेखि लिएर स्थानीय तहकाे घाेषणापत्र लिएर घरदैलाे कार्यक्रममार्फत जनतासम्म  पुग्ने गरेका छन् । 

२ नगरपालिका र ६ गाउँपालीका रहेकाे रामेछापमा सबैदलले अाफु जित्ने दावीका साथ चुनावी अभियानमा हाेमिएका छन् । दलहरूले अाफ्नाे गाउँपालिका  तथा नगरपालिकामा अाफ्नाे पार्टीको उम्मेदवारलाई विजयी  गराउन अाह्वान गर्दै प्रतिबद्धता समेत सार्वजनिक गर्न थालेका छन् ।

यसैबीच लिखु गाउँपालिकामा नेकपा एमालेलाई विजयी गराउन अाह्नान गर्दै विभिन्न प्रतिबद्धता सार्वजनिक भएकाे छ। लिखु गाउँपालिकामा साविकका दुरागाउँ, सैपू, विजुलीकोट, नागदह, खिम्ति र तिल्पुङ गाविस रहेका छन् । लिखु गाउँपालिकामा एमालेकाे तर्फबाट अध्यक्षमा गोविन्द खड्का, उपाध्यक्षमा दीपशिखा दाहाललाई उम्मेदवार बनाएको छ । एमालेले अाफ्ना उम्मेदवारलाई विजयी गराउन अाह्वान गर्दै जनतासामु राखेका प्रतिवद्धता यस्ता छन्।

पूर्ण पाठ

प्रिय लिखु वासी आमा बुबा दाजु भाई तथा दिदी वहिनीहरु, नमस्कार ।

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा जनताको प्यारो पार्टी नेकपा एमालेका उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजय गराउन हामी हार्दिक अनुरोध गर्दछौं । विगत लामो समय देखि हाम्रो पार्टी नेकपा एमाले र यसका प्रतिनिधिहरुले देश जनताको पक्षमा काम गर्दै आएको व्यहोरा यहाँहरु सबैलाई सर्वविधितै छ । नेपाल कम्यूनिष्ट पार्टी एमाले नेपाली सर्वहारा श्रमजिवी जनताको प्रतिनिधि पार्टी हो । सामन्तवाद दलाल नोकर शाही पूँजीवाद र सबै खाले विदेशी थिचोमिचोका विरुद्धमा आन्दोलन गर्दै आएको छ । नेपाली जनता र राष्ट्रको हितको खातिर हाम्रो पार्टी निरन्तर प्रतिवद्ध छ । नेकपा एमालेको सहभागिता र नेतृत्व विना नेपालको लोकतान्त्रिक आन्दोलन र आजसम्मको उपलब्धि यस उचाइमा पुग्न सम्भव थिएन । २०४६ को प्रजातान्त्रिक आन्दोलन होस् वा २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलन होस् हाम्रो पार्टीको भुमिका सबै भन्दा अग्रणि स्थानमा रहेको छ । १० वर्षे जनयुद्धलाई व्यवस्थापन गर्दै दिगो शान्ति स्थापना गर्ने, सामन्तवादी राजतन्त्रको अन्त गरी गणतन्त्रको घोषणा गर्ने, संविधान सभाद्धारा जन निर्वाचित प्रतिनिधिहरुले संविधान निर्माण गर्ने सवालमा यो पार्टी र यसका नेताहरुले खेलेको भूमिका सबै भन्दा अग्रणी स्थानमा रहेको छ । नेकपा एमालेले जनताका जनजिविकासंग जोडिएका मुद्धाहरुमा र राष्ट्रिय स्वाधिनता, सार्वभौम सत्ता र राष्ट्रिय अस्मिताको रक्षा गर्ने प्रश्नमा पनि हमेशा आन्दोलनलाई अगाडि बढाइरहेको छ । लंैगिक विभेद, जातिय उत्पीडन र छुवाछुत अन्त्य जस्ता सामाजिक समस्यालाई समाधान गर्ने, मानवअधिकारलाई प्रत्याभूति गर्ने र श्रमजीवीहरुको हकहितको संरक्षण गर्ने सवालमा पनि पार्टीले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैले यो पार्टीका उम्मेदवारहरुलाई स्थानिय तहको निर्वाचनमा भोट दिएर विजय गराउनुहुन अनुरोध गर्दै, निम्न लिखित काम गर्ने प्रतिवद्धता जाहेर गर्दछौं । 

१. पुर्वाधार विकास:   

क) खिम्ती–सिवालय–गैरी–धोवी सम्मको सडक स्तरउन्नती गर्दै कालोपत्रे गर्ने । 

ख) हलेदे–तिल्पुङ्ग–नागदह हुदै धोवी–सिरिसे ढाँडे सडक कालोपत्रे गर्ने ।

ग) धोवी–दिलौरी–जगमाने–वाँसे हुदै भित्तरी खानी सम्मको सडक स्तरउन्नती गर्ने । 

घ) धोवी–चण्डेश्वरी मावि सैपु–ठाडे हुदै दुरागाउँ सम्मको सडक स्तरउन्नती गर्ने । 

ङ) वाड नं. १ देखि ७ सम्मका भित्रि शाखा सडकहरुका लागि खोलिएका सवै नाकाहरुको निर्माण कार्य सम्पन्न गर्ने र बाँकी रहेका अन्य निर्माण गर्नु पर्ने अति आवश्यकिय सडकहरु वडाको योजना अनुसार निर्माण कार्य सम्पन्न गर्ने । 

च) हलेदे–तिल्पुङ्ग–नागदह–धोवी–सिरिसे ढाँडे–दुरागाउँ–जगमाने–दिलौरी–धोवी–गैरी–सिवालय र खिम्ती वेसी हुदै गाउँपालिका भित्र ९च्ष्लन च्यबम० चक्रपथ सडकको निर्माण गर्ने । 

छ) एक टोल एक सार्वजनिक शौचालयको व्यवस्था गर्ने । 

ज) यस गाउँपालिकामा खनिज तथा खानीजन्य सम्पदाहरुको खोज तथा अनुसन्धान गरी सोसँग सम्बन्धित उद्योगहरु संचालन गर्ने । 

झ) गाउँपालिकाका सातै वडामा खानेपानीको आवश्यक व्यवस्था गर्ने । 

ञ) स्वच्छ पिउने पानीको मुहान पहिचान गरी वा लिफ्ट प्रणालिबाट व्यवस्थापन गर्ने । 

ट) गाउँपालिकाका प्रत्येक वडामा सिंचाईको प्रवन्ध गर्ने र हाल भइरहेका कुलोहरुको स्तरउन्नती गर्ने । 

ठ) वडा पिच्छे भुकम्प प्रतिरोधी विद्यालय भवनहरु निर्माण गर्ने र सवै विद्यालयहरुमा महिला तथा पुरुष शौचालयको निर्माण गर्ने ।  

ड) प्रत्येक वडामा भुकम्प प्रतिरोधी स्वास्थ्य चौकी भवन निर्माण गर्ने र सबै सरकारी भवनहरु भुकम्प प्रतिरोधी बनाउने । 

ढ) जनताहरुको आर्थिक स्तर बृद्धि गर्न ग्रामिण सडक, कृषि सडक, पर्यटन सडक निर्माण गर्ने ।

ण) प्रत्येक वडामा एक÷एक सामुदायिक भवन, पुस्तकालय र वाचनालयको व्यवस्था गर्ने ।

त) सार्वजनिक हरित बगैचा ९न्चभभल एबचप० को व्यवस्था गर्ने । 

२. शिक्षा : 

क) गाउँपालिका भित्र १२ कक्षा सम्म निशुल्क शिक्षाको व्यवस्था गर्ने । विद्यालय भर्ना अभियानलाई प्रोत्साहित गर्ने ।

ख) सामुदायिक अध्ययन केन्द्र स्थापना गर्ने, ग्रामिण सूचना केन्द्र स्थापना गर्ने ।

ग) एक विद्यालय, एक खेल मैदान निर्माण गर्ने ।

घ) गाउँपालिकाको केन्द्र भागमा एक सुविधा सम्पन्न प्राविधिक शिक्षालयको स्थापना गर्ने ।

ङ) हाल वडामा भएका क्याम्पसहरुको भौतिक तथा शैक्षिक स्तर बृद्धि गर्ने ।

च) प्रत्येक विद्यालयहरुमा अंग्रेजी भाषामा पठनपाठन (शिशु कक्षा देखिनै) संचालन गर्ने र कम्प्युटर शिक्षा तथा कम्प्युटर प्रयोगशाला व्यवस्था गर्ने ।  

३. आर्थिक विकास: 

क) कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण गर्ने ।

ख) घरेलु तथा कुटिर उद्योगहरु संचालन गर्ने । 

ग) एक वडा एक उत्पादनको अभियान सुरु गर्ने ।

घ) व्यवसायिक पूँजि परिचालनमा जोड दिने । 

ङ) सहकारी, बैंक तथा वित्तिय संस्थाहरुको स्थापना गर्ने । 

च) वन पैदावारमा आधारित जडिवुटीजन्य उद्योगहरु स्थापना गर्ने । 

छ) कृषि फर्महरुको स्थापना (बाख्रापालन, भैसीगाईपालन, कुखुरापालन, माछापालन, मौरीपालन आदि) गर्ने । 

४. सामाजिक विकास: 

क) वालविकास, वालअधिकारको संरक्षण गर्ने र वालश्रम शोषणको अन्त्य गर्ने ।

ख) दलित तथा अल्पसंख्यक वालवालिकाहरुको स्वास्थ्य उपचार निशुल्क गर्ने, वाल कुपोषण अन्त्य गर्ने । 

ग) महिला अधिकारको संरक्षण गर्ने, महिलाहरुप्रति सम्मान र सामाजिक संरक्षणको लागि जनचेतनामुलक कार्य गर्ने । 

घ) महिला तथा वालवालिकाको हितका खातिर अन्य विविध कार्य गर्ने ।

ङ) जेष्ठ नागरिकहरुको सम्मान र संरक्षण गर्ने । 

च) प्रत्येक वडामा एक बृद्धआश्रम, स्वास्थ्य उपचार सहित सबै सुविधा सम्पन्न भवन निर्माण गर्ने । 

छ) युवा परिचालन, युवा शसक्तिकरण, युवा स्वरोजगार जस्ता कार्य संचालन गर्ने 

ज) युवाहरुलाई समाज प्रति उत्तरदायि बनाउन चेतनामुलक अन्य कार्यहरु संचालन गर्ने ।

झ) जातिय तथा क्षेत्रिय र धार्मिक विभेदको अन्त्य गर्ने ।

ञ) सामाजिक सदभाव कायम गर्ने र छुवाछुतको अन्त्य गर्ने ।

५. पर्यटन विकास: 

क) प्रत्येक वडामा होमस्टे संचालन गर्ने ।

ख) आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्ने ।

ग) कृषि तथा धार्मिक पर्यटकलाई आकर्षित गर्ने । 

घ) पर्यटन व्यवसाय सम्बन्धि विभिन्न कार्य संचालन गर्ने ।

६. सांस्कृतिक विकास:

क) अन्धविश्वास, कुरिति, कुसंस्कारको अन्त्य गर्ने । 

ख) प्रगतिशिल र जनवादी संस्कृतिको विकास गर्ने ।

ग) शक्ति र व्यक्तिको पूजा होइन, श्रमको पूजा र सम्मान गर्ने ।

घ) योग शिक्षा र योग शिविरहरु संचालन गर्ने । 

ङ) विश्ववन्धुत्वको र भाइचाराको सम्बन्धको विकास गर्ने ।

च) मठमन्दिर, गुम्बा, चर्च निर्माण तथा धार्मिक, पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाहरुको संरक्षण गरि आन्तरिक पर्यटनको विकास गर्ने । 

७. वन तथा वातावरण सम्बन्धि: 

क) वनजंगल र वन्यजन्तुको संरक्षण गर्ने । 

ख) जैविक विविधताको संरक्षण गर्ने ।

ग) जलवायु अनुकुल खेतिपाती संचालन गर्ने ।

घ) वाढी, पहिरो तथा भू–क्षय नियन्त्रण गर्न, वृक्षारोपण गर्ने ।

ङ) वन जंगललाई डडेलो बाट जोगाउने ।

हामी नेकपा एमालेका उम्मेदवारहरु निर्वाचनमा विजय भएपछि माथि उल्लेख गरिएका विकास निर्माणका कामहरु आफ्नो कार्यकाल भित्र प्राथमिकताका आधारमा सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गर्दछौं । 

नेकपा एमाले

लिखु गाउँपालिका

चुनाव प्रचार–प्रसार, मुल व्यवस्थापन समिति

यस बिषयमा तपाइको प्रतिक्रिया...!