निर्वाचनबिरुद्ध लागेको भन्दै रामेछाप प्रहरीद्वारा १३ जना युवामाथि सार्वजनिक मुद्दा

Posted on: 13 May, 2017

बैशाख ३०, रामेछाप । स्थानीय तह निर्वाचनको मुखैमा जिल्ला प्रहरी कार्यालय रामेछापले १३ जना युवाहरु विरुद्ध सार्वजनिक अपराध सजाय ऐन अन्तर्गत मुद्दा अगाडी बढाएको छ । 

चुनाव आउन दुई दिन बाँकी छँदा काठमाडौं उपत्यका र अन्य जिल्लाबाट रामेछापमा आएका १३ जना युवाहरु विरुद्ध प्रहरीले कारबाही अघि बढाएको हो । उनीहरुलाई प्रहरीले बिहीबार लिखु गाउँपालिकाको खिम्ती बजारबाट पक्राउ गरेको थियो । 

उनीहरुलाई बिहिबार नै म्याद थप गरी मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये अधिकांश उपत्यका भित्रका र केही भने उपत्यका बाहिरका काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर र पाँचथरका रहेका रामेछापका प्रहरी प्रमुख कुमुद ढुँगेलले जानकारी दिए ।

निर्वाचनको समयमा शान्ति सुरक्षालाई खलल पुर्याएको भन्दै उनीहरु बिरुद्ध प्रहरीले सार्वजनिक मुद्दा चलाएको हो । बिहीबार १० वटा मोटरसाइकलमा आएका २० जना युवा मध्ये सातजना भने भाग्न सफल भएका प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!