पहिलाे बैठकमा लिखु गाउँपालिकाको नाम संशोधन सहित केके भए निर्णय ?

Posted on: 02 Jun, 2017

प्रज्वल पाैडेल । जेठ १८,रामेछाप । रामेछाप जिल्लाको लिखु गाउँपालिकाको नाम संशोधन हुने भएको छ । बिहिबार गाउँपालिका प्रमुख गोविन्द बहादुर खड्काको अध्यक्षतामा बसेको पहिलो बैठकले नाम संशोधन गर्ने निर्णय गरेको हो ।

बैठकले लिखु गाउँपालिकाको नाम लिखु तामाकोसी गाउँपालिका राख्ने निर्णय गरेकाे छ ।

यसैगरी बैठकले अन्य पालिकाकाे ७ वटा वडाहरुको केन्द्र धारापानीमा अपायक परेको गुनासो अाएपछि गाउँपालिकाको केन्द्र धोवी बजारकाे अासपासमा सार्ने निर्णय पनि भएको तिल्पुङ वडा अध्यक्ष सुबास बाेहराले जानकारी दिनुभयाे । उहाँका अनुसार बैठकले गाउँपालिकामा भुकम्प पिडित भएका जनता तर राहात नपाएकाहरुको विवरण संकलन गरि राहतको लागि प्रकृया अगाडि बढाउने, सात वटै वडाहरुको वडा कार्यालय केन्द्र तोक्ने निर्णय गरेकाे छ ।

यसैगरी गाउँपालिकामा कर्मचारीकाे अभाव भएकाले थप कर्मचारी माग गर्ने, पालिकाको लागि सवारी साधन खरिद प्रक्रिया अगाडि बढाउने लगाएतका अन्य महत्त्वपूर्ण निर्णयहरु पनि भएको बोहराले जानकारी दिए ।

जिल्लामा रहेका ८ स्थानीय तहमध्ये लिखु गाउँपालिकाकाे नाम संशोधन गरिने भएकाे हाे । देशभर लिखु नाम जाेडिएका ४ वटा गाउँपालिका रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!