काग्रेसको चुनाबी समिक्षा

Posted on: 17 Jun, 2017

सम्झना श्रेष्ठ। असार ३, रामेछाप । रामेछाप काँग्रेसले स्थानीय तहको चुनाबमा भएको हारको समिक्षा गरेको छ । सभापति लबश्री न्यौपानेको अध्यक्षता एबं नेता लक्ष्मण प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको दुइ दिने समीक्षामा पार्टी कार्यकर्ताबाटै अन्तरघात भएको निष्कर्ष निकालिएको छ ।

 बिपक्षी दलहरुले झैँ पैसा बाँड्न नसकेको र टिकट ढिलो बाँड्नुलाई नेपाली काँग्रेसले अधिकांस स्थानमा हार्नुको कारण ठहर गरेको छ ।

२ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापको पहिलो स्थानीय तह चुनावमा रामेछाप काग्रेस रामेछाप नगरपालिकाको प्रमुख र उप-प्रमुख तथा उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष सहित केही वडामा जित्दै जिल्लामा तेस्रो भएको थियो । समीक्षा कार्यक्रम हिजाे र अाज गरी चलेकाे थियाे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!