रामेछापमा एमालेले जिल्ला समन्वय समितिका उम्मेदवारकाे टुङ्गो लगायाे (नामसहित)

Posted on: 26 Jul, 2017


प्रज्वल पाैडेल/साउन ११, रामेछाप । नेकपा एमाले रामेछापले जिल्ला समन्वय समितिकाे उम्मेदवारहरूकाे टुङ्गो लगाएकाे छ ।

बुधबार बसेकाे एमाले रामेछापकाे जिल्ला कमिटीको १५ अाैँ सचिवालय बैठकले सर्वसम्मत रूपमा उम्मेदवारहरूकाे टुङ्गाे लगाएकाे हाे । बैठकले जिल्ला समन्वय समितिकाे सभापति/ प्रमुखमा खाँडादेवी गाउँपालिकाका प्रेम बहादुर खड्का र उपसभापति/उपप्रमुखमा लिखु गाउँपालिकाका दीपा पाख्रिनलाई सिफारिस गरेकाे एमाले रामेछाप प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार बैठकले समितिकाे सदस्यहरूमा दाेरम्बा गाउँपालिकाबाट निडाेल्मा शेर्पा,गाेकुलगंगा गाउँपालिकाबाट राधिका गुरूङ, उमाकुण्ड गाउँपालिकाबाट मैयाँ सार्की, लिखु गाउँपालिकाबाट रमेश वाग्ले, रामेछाप नगरपालिकाबाट पुर्ण बहादुर महत, मन्थली नगरपालिकाबाट गणेश माझी र रामबहादुर तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।

८ स्थानीय तह रहेकाे रामेछापमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका मेयर,उपमेयर गरि १६ जना मतदाताले नगरपालिका र गाउँपालिकाबाट वडा सदस्य पदमा निर्वाचित भएका मध्येबाट ९ जना चुनिने प्रावधान छ । रामेछाप जिल्लामा एमालेकाे स्पष्ट बहुमत रहेकाले एकलाैटी रूपमा जिल्ला समन्वय समिति निर्माण हुने लगभग पक्का भएकाले काङ्ग्रेस, एमाअाेवादी समितिमा अाउन नसक्ने अाँकलन गरिएको छ । यसैविच जिल्ला समन्वय समितिको निर्वाचन गर्न आईतबार जिल्ला समन्वय समितिमा कार्यालय स्थापना भएकाे छ ।

जिल्ला समन्वय समिति रामेछापको निर्वाचन आगामी साउन २० गते शुक्रवार गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश किरणप्रसाद सिवाकोटिका अनुसार १६ गते जिल्ला समन्वय समितिका सभापति उपसभापति र ७ जना सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराउने र २० गते निर्वाचन गरी सोहि साँझ निर्वाचन परिणाम सार्वजनिक गरिने तालिका रहेकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!