सत्तारुढ दलको गठबन्धनलाई हराउँदै जिसस रामेछापमा एमालेको प्यानलै विजयी

Posted on: 05 Aug, 2017


प्रज्वल पाैडेल/साउन २०,काठमाण्डौ । जिल्ला समन्वय समिति रामेछापमा नेकपा एमालेकाे प्यानल नै विजयी भएकाे छ ।

शुक्रबार मन्थलीमा भएको समन्वय समितिको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसकाे गठबन्धनलाई हराउदै एमालेका उम्मेदवार विजयी भएका हुन् । काँग्रेस र माओवादीकाे गठबन्धनका सभापति पदका उम्मेद्वार नारायण बोगटीलाई ३ मतले पराजित गर्दै एमालेका उम्मेदवार प्रेम बहादुर खड्का जिल्ला समन्वय समितिको अध्यक्ष/ सभापतिमा विजयी हुनुभएकाे हाे ।


त्यसैगरी माअाेवादी र काङ्ग्रेस गठबन्धनबाट उपाध्यक्षको उम्मेद्वार प्रेम सागर थापालाई पराजित गर्दै एमालेकी दिपा पाख्रीन उपाध्यक्ष/ उपसभापतिमा विजयी हुनुभएको छ । खड्का खाडादेवी गाउँपालिका र पाख्रिन लिखु गाउँपालिकाकाे वडाबाट निर्वाचित व्यक्ति हुन् । यस्तै काङ्ग्रेस माओवादीकाे गठबन्धनलाई पराजित गर्दै एकलाैटी रूपमा सबै सदस्यहरू एमालेबाट विजयी भएका छन् ।

जिल्ला समन्वय समितिकाे सदस्यमा एमाले दाेरम्बा गाउँपालिकाबाट नि डाेल्मा शेर्पा,गाेकुलगंगा गाउँपालिकाबाट राधिका गुरूङ, उमाकुण्ड गाउँपालिकाबाट मैयाँ सार्की, लिखु गाउँपालिकाबाट रमेश वाग्ले, रामेछाप नगरपालिकाबाट पुर्ण बहादुर महत, मन्थली नगरपालिकाबाट गणेश माझी र रामबहादुर तामाङ उम्मेदवार बनाएकाे थियाे ।


जिल्ला समन्वय समितिको निर्वाचनमा २ नगरपालिका प्रमुख र उपप्रमुख ६ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी १६ जनाले मतदान गरेका थिए । नेकपा एमालसँग ९ मत र माओवादी काँग्रेस गठबन्धनसँग ७ मत रहेकाले एमालेकाे स्पष्ट बहुमत रहेकाे थियो । खसेको १६ मतमा काँग्रेस माओवादी गठबन्धनको एक मत बदर भएको रामेछापका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिनुभयाे ।

यसैविच जिल्ला समन्वय समिति रामेछापका सभापति, उपसभापति र सदस्यमा निर्वाचित पदाधिकारीले शुक्रबार नै रामेछापका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटी मार्फत पद तथा गाेपनियताकाे सपथग्रहण गरेका छन् । २०५४ सालकाे स्थानीय निर्वाचनमा समेत एमालेका उम्मेदवार सभापति र उपसभापतिमा विजयी भएका थिए ।


तत्कालीन जिल्ला विकास समितिकाे सभापति पदमा कैलाश ढुङ्गेल र उपसभापतिमा रमेश बस्नेत विजयी हुनुभएको थियाे । ढुङ्गेल अहिले राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक र बस्नेत मन्थली नगरपालिकाकाे मेयर पदमा हुनुहुन्छ। २० बर्षपछि भएकाे स्थानीय तहकाे निर्वाचनमा रामेछाप पुन: एमालेले अाफ्नाे उचाइ बढाएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!