पहिरोले बाटो बगाएपछि वडा कार्यालय सम्म पुग्न समस्या

Posted on: 13 Aug, 2017

साउन २९, रामेछाप । लगतारको वर्षका कारण रामेछापको  उमाकुण्ड गाउँपालिका वडा नं. १ गुम्देलको विभिन्न ठाउँमा बाटो अबरुद्ध भएको छ । लगतार पाँच दिन देखि भारी वर्षका कारण गुम्देलको टेकममा पहिरो गएर बाटो बगाए पछि स्थानीयबासीलाई आवतजावतमा समस्या भएको हो । 

बाटो बगाए पछि गुम्देलको चरी, पत्कारी र च्याँउकेका स्थानीय बासिन्दालाई वडा कार्यालय सम्म पुग्न समस्या भएको हो । वडा कार्यालय सम्म जान नसक्दा वडा कार्यालयबाट पाउने सेवा सुविधाबाट स्थानीयहरु बञ्चित भएका छन् । उक्त बाटो भएर विद्यालय जाने विद्यार्थीहरुलाई पनि समस्या भएको छ । ४५ मिनेटमा विद्यालय पुगिने बाटो बगाए पछि करिब दुई घण्टाको बाटो घुमेर विद्यालय जान विद्यार्थीहरु बाध्य भएका छन् । दैनिक उपाभोग्य खाद्यन्नका सामाग्रीहरु ढुवानीमा कठिनाइ भएको छ । 

पहिरोले व्यावसायिक रुपमा लगाइएको अलैँची समेत बगाएको छ । पहिरो शुक्रबार बेलुका देखि अहिले सम्म नियमित रुपमा बगीरहेकोले क्षति बढ्न सक्ने स्थानीय शिक्षक डिबी कार्कीले जानकारी दिनुभएको छ । 

नियमित रुपमा वर्ष भैरहेको र वर्ष रोकिन साथ दिर्घाकालिन रुपमा समस्या नआउने गरी बाटो बनाउने योजना रहेको वडा सदस्य विष्णु बस्नेतले जानकारी दिनुभयो । - रामचन्द्र वि.कको सहयोगमा | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!