सीपयूक्त कामदर भए मात्र बैदेशिक रोजगार आम्दानीयूक्त हुन्छ: नगरप्रमुख थापामगर

Posted on: 15 Aug, 2017

रामचन्द्र वि.क./साउन ३१, रामेछाप । रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले बैदेशिक रोजगारीमा जाने यूवा शक्तिलाई सीपयूक्त बनाएर पठाउन सके मात्र उनीहरुको बैदेशिक रोजगार सुरक्षित, मर्यादित,भरपर्दो र आम्दानीयूक्त हुने बताउनुभएको छ ।


साेमबार चारघरे सेवा समिति रामपुर रामेछापको २३ औँ साधारणसभा तथा १२ औँ अधिवेशनमा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

रामेछापबाट बैदेशिक रोजगारीमा जाने यूवाहरुलाई स्थानीय स्तरमा नै सीप दिनको लागि नगरपालिकाले योजना बनाइरहेको बताउदै नगर प्रमुख थापामगरले भन्नुभयाे-" यस्ता कार्यमा जिल्लामा बैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाहरुले पनि सहयोग गर्नुपर्छ ।" 'नगरपालिका भित्र काम गर्ने गैरसरकारी संघसंस्थाहरु सँग नगरपालिकाले समन्वय गरेर काम गराैँ - उहाँले भन्नुभयाे ।'

बैदेशिक रोजगारीबाट जिल्लामा भित्रने रेमिट्यान्सलाई उत्पानमूलक क्षेत्रमा लगाउन सके मात्र युवाहरुको श्रमको उचित सम्मान हुने बताउदै थापामगरले रेमिट्यान्सलाई सहकारीको माध्यमबाट बचत गर्दै आयआर्जनमा बृद्धि गर्न सकिने धारणा राख्नुभयो । 


यसैविच संस्थाको २३ औँ साधारणसभा तथा १२ औँ अधिवेशनले दिल बहादुर सुनुवारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिमा सविता कुमारी सुनुवार उपाध्यक्ष, इन्द्र रानामगर सचिब, सन्त बहादुर श्रेष्ठ कोषाध्यक्ष, सदस्यहरुमा क्रमशः भक्त कुमारी श्रेष्ठ, मुना श्रेष्ठ, श्यामलाल मगर, टेक बहादुर श्रेष्ठ र सुर्ज बहादर श्रेष्ठ चयन भएका छन् । 

चारघरे सेवा समितिका अध्यक्ष टिकाराम विश्वकर्माको अध्यक्षता तथा नगर प्रमुख नर बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!